भारत । श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया पदभार ग्रहण गरेपछि पहिलो भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुगेका छन् । भ्रमणले दुई देशबिचको नियमित र घनिष्ठको परम्परालाई निरन्तरता दिँदै मित्रता बलियो बनाएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।
भ्रमणको क्रममा उनले आपसी हितका द्विपक्षीय सवालमा छलफल गर्न भारतीय राजनीतिक दलका नेतालाई समेत भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममामा उनले दिल्लीमा एनडिटिभी र चिन्तन रिसर्च फाउन्डेसनले संयुक्तपमा आयोजना गरेको कार्यक्रम एनडिटिभी वर्ल्ड समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसबाहेक, श्रीलङ्काका शिक्षामन्त्रीसमेत रहेका अमरसुरियाले शिक्षा र प्रबविधिको क्षेत्रमा सहकार्यका अवसर पत्ता लगाउन इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) दिल्ली र नीति आयोग भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी पूर्व छात्रासमेत रहेकी श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले अल्मा मेटरको भ्रमण गर्ने र दुई देशबिचको व्यावसायिक सम्बन्धलाई सुदृढ पार्न एक व्यापारिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको जनाइएको छ ।
यो भ्रमणले दृढ र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउँदै भारत र श्रीलङ्काबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको जनाइएको छ । अक्टोबर–२ मा अमरसुरियाले भारतीय उच्चायुक्त सन्तोष झासँग कोलम्बोमा प्रधानमन्त्री कार्यालयमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गरेका थिए ।
समााजिक सञ्जाल एक्समा तस्बिर राख्दै कोलम्बो-श्रीलङ्का भारतीय उच्च आयोगले “माननीय प्रधानमन्त्री अमरसुरिया र उच्चायुक्त सन्तोष झाले सँगै प्रधानमन्त्रीको निवासमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गरेको जनाएको छ । यस वर्ष महात्मा गान्धीको १५६ औँ जन्मजयन्ती मनाउँदै गर्दा भारतको स्वतन्त्रतामा उनको महत्वपूर्ण भूमिकाका लागि राष्ट्रपिताको रूपमा स्मरण गरिएको छ ।
सन् १८६९ अक्टोबर-२ मा गुजरातको पोरबन्दरमा जन्मेका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) अहिंसात्मक आन्दोलनका अग्रदूत थिइन । अहिंसा र सत्याग्रहको दर्शनका माध्यमबाट उनले ब्रिटिस औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्घर्षमा भाग लिन लाखौँ भारतीयलाई परिचालन गरेकाे थियाे ।
भारतले स्वतन्त्रता प्राप्त गरेको केही महिनापछि सन् १९४८ जनवरी-३० मा नाथुराम गोडसेले नयाँदिल्लीको गान्धी स्मृतिमा महात्मा गान्धीको हत्या गरेका थिए । रासस/एएनआई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: