Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेन: गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले वर्तमान सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनेमा गम्भीर शंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।

गुरुङका अनुसार, पार्टी निर्वाचनमा पूर्ण रूपले सहभागी हुन तयार छ, तर सरकारले आवश्यक वातावरण निर्माण गर्न असफल भएको छ। "माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । ," उनले भने। उनले सरकारले राजनीतिक दलहरूलाई विश्वासिलो वातावरणमा नलिएको आरोप लगाएका छन्।

उनको भनाइअनुसार, सरकारले दलहरूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गर्दै आएको छ। "सरकारले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने र मुद्दा लगाउने खालका गतिविधि अगाडि बढाएको छ," गुरुङले भने। यसले निर्वाचन प्रक्रियालाई निष्पक्ष र स्वतन्त्र बनाउने सम्भावनामाथि प्रश्नचिन्ह खडा गरेको उनको जिकिर छ।

गुरुङले निर्वाचन आवश्यक भएको स्वीकार गर्दै यसको व्यवस्थापन निर्वाचन आयोगको जिम्मेवारी रहेको उल्लेख गरे। तर, सरकारले भयमुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। "निर्वाचन त हुनुपर्छ भन्ने नै हो। निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ," उनले भने।

उनले थपे, "त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ।" अहिलेसम्मको अवस्थाले सरकारले यो भूमिका निर्वाह गर्न नसकेको देखिएको उनको भनाइ छ। यद्यपि, राष्ट्रपतिसँग भएको पछिल्लो संवादलाई सकारात्मक संकेत माने पनि दलहरूप्रतिको प्रतिशोधपूर्ण कारबाहीले शंका बढाएको बताए।

"अहिलेसम्मको स्थिति हेर्दा सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ। तर पनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ। राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनाले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ," गुरुङले भने।

दलहरूले बारम्बार सरकारको आलोचना गर्दै आएका छन् भने सत्तारूढ गठबन्धनले निर्वाचन तयारीमा जोड दिएको दाबी गरेको छ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending