काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले वर्तमान सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनेमा गम्भीर शंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।
गुरुङका अनुसार, पार्टी निर्वाचनमा पूर्ण रूपले सहभागी हुन तयार छ, तर सरकारले आवश्यक वातावरण निर्माण गर्न असफल भएको छ। "माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । ," उनले भने। उनले सरकारले राजनीतिक दलहरूलाई विश्वासिलो वातावरणमा नलिएको आरोप लगाएका छन्।
उनको भनाइअनुसार, सरकारले दलहरूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गर्दै आएको छ। "सरकारले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने र मुद्दा लगाउने खालका गतिविधि अगाडि बढाएको छ," गुरुङले भने। यसले निर्वाचन प्रक्रियालाई निष्पक्ष र स्वतन्त्र बनाउने सम्भावनामाथि प्रश्नचिन्ह खडा गरेको उनको जिकिर छ।
गुरुङले निर्वाचन आवश्यक भएको स्वीकार गर्दै यसको व्यवस्थापन निर्वाचन आयोगको जिम्मेवारी रहेको उल्लेख गरे। तर, सरकारले भयमुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। "निर्वाचन त हुनुपर्छ भन्ने नै हो। निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ," उनले भने।
उनले थपे, "त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ।" अहिलेसम्मको अवस्थाले सरकारले यो भूमिका निर्वाह गर्न नसकेको देखिएको उनको भनाइ छ। यद्यपि, राष्ट्रपतिसँग भएको पछिल्लो संवादलाई सकारात्मक संकेत माने पनि दलहरूप्रतिको प्रतिशोधपूर्ण कारबाहीले शंका बढाएको बताए।
"अहिलेसम्मको स्थिति हेर्दा सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ। तर पनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ। राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनाले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ," गुरुङले भने।
दलहरूले बारम्बार सरकारको आलोचना गर्दै आएका छन् भने सत्तारूढ गठबन्धनले निर्वाचन तयारीमा जोड दिएको दाबी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: