काठमाडौं । सडक डिभिजन कार्यालय, लहान सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा तीन करोड बराबरको गुणस्तरहीन सामाग्री प्रयोग गरी मनोमानी ढङ्गले कार्य सञ्चालन गरी अनिमियतता तथा हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अयोगका अनुसार मिति २०७७ चैत ३० गते कार्य सम्पन्न गर्ने गरी मिति २०७७ असार २१ गते सम्झौता भएको तथा २०७७ पुस ५ मा कार्य सम्पन्न भइ २०७७ पुस २६ मा नापजाँच गरिएको देखिएको छ ।
आयोगका अनुसार निर्माण अवधिमा निर्माण सामाग्रीको क्युब कास्टिङ गरी तयार गरिएका ५० वटा नमुना सडक डिभिजन, लहानले आफ्नै ल्याबमा परीक्षण गरी निर्धारित परिणाम देखिने गरी ल्याब रिपोर्ट तयार गरे गराएको देखिएको छ ।
यसैगरी, निर्माणस्थलको ढलानमा प्रयोग भइसकेको स्थलबाट कोर कटिङ्ग गरी नमुना सङ्कलन गर्नुपर्नेमा प्रतिवादीहरुको आपसी मिलेमतोमा भुक्तानी पूर्व निर्माण सम्पन्न पश्चात् निर्माण कार्यमा प्रयोग नभएको नमुनाहरु २०७७ पुस ६, ७ र ८ गते क्युब कास्टिङ गरी सङ्कलित दश वटा नमुना पुनः परीक्षण गरिएको तथा गलत ल्याब रिपोर्ट तयार गरी गराइ भुक्तानी लिएको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
सडक डिभिजन कार्यालय, लहान, सिरहाका तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सव–इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जे.भी. तथा उक्त जे.भी.को तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रकसनका प्रोपराइटर जफिर कवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: