काठमाडौं । बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ । आज नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो ।
आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन । यसअघि मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ७४ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इण्डेक्स २.९२ अंकले, फ्लोट इण्डेक्स १.३८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेका छन् ।समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत बढ्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ५.२३ प्रतिशत बढेको छ ।
समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किटमा पुगेका छन् । कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो (२०.५४ करोड रुपैयाँ), त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१३ करोड) र यूनियन हाइड्रोपावर (करिब १३ करोड) रहेका छन् ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ उपसमूह घटे, जसमा व्यापार उपसमूह सर्वाधिक २.०९% ले घट्यो । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूह पनि १% भन्दा बढीले घटेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: