काठमाडौं । हमासबाट मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) मार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको छ । इजरायली सेनाले शवलाई अहिले सैनिक अस्पतालमा राखेको छ, जहाँ डिएनए परीक्षण र अन्य औपचारिक प्रक्रिया सुरु गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासका राजदूत धनप्रसाद पण्डितका अनुसार डिएनए परीक्षणपछि मात्र शवको औपचारिक पहिचान हुनेछ । ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुन्छ,’ उनले भने, ‘रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्र नेपाल पठाउने तयारी सुरु हुनेछ ।’
राजदूत पण्डितका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाउनेछ । यो प्रक्रिया पूरा हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
कञ्चनपुरका २२ वर्षीय विपिन जोशी अध्ययनका क्रममा इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै बन्धक बनाइएका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमास लडाकूहरूले अपहरण गरेर लगेका थिए ।
त्यसयता उनी बेपत्ता थिए । इजरायल–हमासबीच युद्धविराम सम्झौता भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाले विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएको थियो । बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार नै उनको शव इजरायली पक्षलाई बुझाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - २३:०८
चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...
आषाढ़ १ गते, २०८३ - २३:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...
आषाढ़ १ गते, २०८३ - २३:०१
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...
आषाढ़ १ गते, २०८३ - २२:५९
काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...
आषाढ़ १ गते, २०८३ - २२:५४
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...
आषाढ़ १ गते, २०८३ - २२:५२
पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय
आषाढ़ १ गते, २०८३ - २२:३६
बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...
आषाढ़ १ गते, २०८३ - २२:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...



प्रतिकृया लेख्नुहोस्: