काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस सुनुवाइ हुँदैछ। बहसपछि अदालतले महरालाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय सुनाउनेछ।
सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई असोज २७ गते अदालतमा मुद्दा दायर गरिसकेको छ।
अभियोजन पक्षले महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको आरोप लगाउँदै तीन वर्षभन्दा बढी कैद सजाय माग गरेको छ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटाउन दबाब दिएको आरोप छ।
मामिला २०७९ पुस १० गते फ्लाई दुबईको उडान (एफजेट ०५८७) मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग जोडिएको हो। उनका दुईवटा सुटकेशमा भेप देखिएपछि भन्सार कार्यालयले ती सामानहरू नियन्त्रणमा लिएको थियो। हानसोङ भने भोलिपल्टै पासपोर्ट फिर्ता लिएर नेपालबाट प्रस्थान गरेका थिए।
लामो समयसम्म भन्सारमा थन्किएको उक्त भेपमा सुन लुकाइएको सूचना पाएपछि केही कर्मचारीले भेप साटेको आशंका गरिएको थियो। यसपछि २०८० वैशाख २६ मा भन्सार कार्यालयले सीआईबीलाई औपचारिक पत्र लेख्दै अनुसन्धान गर्न अनुरोध गरेको थियो।
लगभग दुई महिना लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सार नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गर्यो।
पछि गरिएको पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, कृष्णबहादुर महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा चलाइएको छ।
पूर्वसभामुख महरा पनि सो प्रकरणमा संलग्न रहेको शंका गरिएको छ। केही दिन अघि उनीसँग सोधपुछ गरिएको थियो भने अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...
चैत्र १५ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शि...



प्रतिकृया लेख्नुहोस्: