काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस सुनुवाइ हुँदैछ। बहसपछि अदालतले महरालाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय सुनाउनेछ।
सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई असोज २७ गते अदालतमा मुद्दा दायर गरिसकेको छ।
अभियोजन पक्षले महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको आरोप लगाउँदै तीन वर्षभन्दा बढी कैद सजाय माग गरेको छ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटाउन दबाब दिएको आरोप छ।
मामिला २०७९ पुस १० गते फ्लाई दुबईको उडान (एफजेट ०५८७) मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग जोडिएको हो। उनका दुईवटा सुटकेशमा भेप देखिएपछि भन्सार कार्यालयले ती सामानहरू नियन्त्रणमा लिएको थियो। हानसोङ भने भोलिपल्टै पासपोर्ट फिर्ता लिएर नेपालबाट प्रस्थान गरेका थिए।
लामो समयसम्म भन्सारमा थन्किएको उक्त भेपमा सुन लुकाइएको सूचना पाएपछि केही कर्मचारीले भेप साटेको आशंका गरिएको थियो। यसपछि २०८० वैशाख २६ मा भन्सार कार्यालयले सीआईबीलाई औपचारिक पत्र लेख्दै अनुसन्धान गर्न अनुरोध गरेको थियो।
लगभग दुई महिना लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सार नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गर्यो।
पछि गरिएको पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, कृष्णबहादुर महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा चलाइएको छ।
पूर्वसभामुख महरा पनि सो प्रकरणमा संलग्न रहेको शंका गरिएको छ। केही दिन अघि उनीसँग सोधपुछ गरिएको थियो भने अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - ०९:३१
काठमाडौं । संसदीय निर्वाचनको मिति घोषणासँगै नयाँ दलहरू दर्ता हुने क्रम चलिरहेको छ। तर यसपालि विगतमा भन्दा देखिएको भिन्नता के हो भने सरकारमा सहभागी कोह...
मंसिर १ गते, २०८२ - ०९:११
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेपछि घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ। क्या...
मंसिर १ गते, २०८२ - ०८:५४
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताबारे भएको छलफल सकारात्मक निष्कर्...
मंसिर १ गते, २०८२ - ०८:४९
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्...
मंसिर १ गते, २०८२ - ०८:४५
म्याग्दी । म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।...
मंसिर १ गते, २०८२ - ०७:३२
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। संघीय मा...
मंसिर १ गते, २०८२ - ०७:२८
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न...
मंसिर १ गते, २०८२ - ०७:२२
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने साढे १० कलोमिटरको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। २०७६ असारमा बन्दना भगवती न...
मंसिर १ गते, २०८२ - ०७:१८
हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ...
मंसिर १ गते, २०८२ - ०७:११
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्य...




प्रतिकृया लेख्नुहोस्: