Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएपछि देव गुरुङ भने-कानुनी आवरणमा राजनीतिक प्रतिशोध नहोस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का निवर्तमान महासचिव देव गुरुङले पूर्वसभामुख  तथा  माओवादी नेता कृष्णबहादुर महरामाथि निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

देश गम्भीर राजनीतिक संकटमा रहेको वेला तीन वर्षअगाडिको मुद्दा पुनः सक्रिय गराइएकोमा गम्भीर आशंका व्यक्त गर्दै गुरुङले कानुनी प्रक्रियाको नाममा कुनै षड्यन्त्र वा राजनीतिक प्रतिशोध हुन नहुने स्पष्ट पारेका छन् ।

सुन तस्करी समूहलाई सघाएको आरोपमा पूर्वसभामुख महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साढे आठ करोड रुपैयाँ बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

तीन वर्षअघि महरामाथि मुद्दा नचलाउने निर्णय भइसकेको र उनका छोरा राहुल महराले १८ महिने कैद सजाय भुक्तान गरिसकेको स्मरण गर्दै गुरुङले भनेका छन्-“अहिले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको छ । राजनीतिक दलहरूको भूमिकामार्फत मात्रै स्वाधीनता जोगिएको अवस्थामा उक्त मुद्दा पुनः सक्रिय गरिनु गम्भीर विषय हो । 

उनले भनेका छन्-कानुनी रूपमै निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण होस्, र कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र वा राजनीतिक प्रतिशोध नहोस् भनी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जावलाखेलस्थित सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठम...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

मनिला । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबा...

बेमाैसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि त...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री प्रसन्ना रणतुङ्गा पक्राउ

कोलम्बो । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेक...

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमा...

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिए...

राष्ट्रिय आवश्यकता र जनविद्रोहको परिणाम कम्युनिस्ट एकता: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जन...

बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

बङ्गलादेश । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending