काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको एघारौं बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकले वर्तमान राजनीतिक संकट समाधान, गणतन्त्र र संविधानको रक्षा, र आसन्न निर्वाचनको तयारीका विषयमा पाँच बुँदे निर्णय गरेको छ ।
बैठकपछि पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिअनुसार, पहिलो निर्णयमा बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर राजनीतिक शक्ति र दलबीच संवाद र सहकार्य अघि बढाउने निष्कर्ष निकालेको छ । त्यसैगरी, वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीबीच चलिरहेको एकता सम्बन्धी वार्तालाई चाँडो निष्कर्षमा पुर्याउन दसौं बैठकले गठन गरेको वार्ता समितिलाई जिम्मेवारी तोकिएको छ ।
प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीले आफ्ना संगठन र कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आह्वान गरेको छ ।
त्यसैगरी, पार्टीले स्थायी कमिटीको बैठक असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक असोज ३० गते बस्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ मतदाता दर्ता प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा बैठकले सो कार्यमा सक्रिय सहभागिताका लागि सबै संरचना र जन–संगठनहरुलाई निर्देशन दिएको ज्वालाकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - २०:३०
चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम स...
कार्तिक २७ गते, २०८२ - २०:२६
धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेत...
कार्तिक २७ गते, २०८२ - २०:२१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणप...
कार्तिक २७ गते, २०८२ - २०:१७
ललितपुर । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष...
कार्तिक २७ गते, २०८२ - २०:१०
मकवानपुर । मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँ...
कार्तिक २७ गते, २०८२ - २०:०६
काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह ...
कार्तिक २७ गते, २०८२ - १९:१४
पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...
कार्तिक २७ गते, २०८२ - १९:१०
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...
कार्तिक २७ गते, २०८२ - १९:०५
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...
कार्तिक २७ गते, २०८२ - १८:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...




प्रतिकृया लेख्नुहोस्: