जेरुसलेम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग शान्ति सम्झौता गर्न चाहेको बताउनुभएको छ । इजरायली संसदमा सम्बोधन गर्दै ट्रम्पले भने, “उनीहरूले यो कुरा एक वा अर्को पक्षबाट प्राप्त गरेका छन् र तपाईंलाई थाहा छ कि यदि हामीले उनीहरूसँग शान्ति सम्झौता गर्न सक्यौँं भने यो ठुलो उपलब्धी हुने छ ।”
“के तपाईं यसमा खुसी हुनुहुनेछ ? के यो राम्रो हुँदैन, मलाई लाग्छ, तिनीहरू चाहन्छन्,” उनले भने । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार वासिङ्टनसँग ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तेहरान तयार रहेको बताए । ठीक एक दिनपछि अमेरिकी राष्ट्रपतिको यो भनाइ आएको हो ।
इरानको राज्य सञ्चालित आइआरआइबी टिभीसँगको अन्तर्वार्तामा अराघचीले आणविक मुद्दामा अमेरिकासँग वार्ता पुनः सुरु गर्ने र प्रतिबन्ध हटाउने विषयमा इरानको अडानका के रहेको छ भन्ने राखेका थिए । उनले भने, “यदि अमेरिकाले इरानको हितको रक्षा गर्न सक्ने योजना प्रस्तुत गर्छ भने तेहरानले त्यसबारे अवश्य विचार गर्ने छ ।”
उनले भने, “अमेरिकाप्रतिको हाम्रो अडान सधैँ स्पष्ट रहेको छ । यदि तिनीहरू साझा हितको रक्षा गर्न समान स्तरमा वार्ता गर्न तयार छन् भने पारस्परिक सम्मानको आधारमा ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तयार रहनुहोस्, हामी पनि यस्तो वार्ताका लागि तयार हुने छौँ ।” “इरानको परमाणु मुद्दा पश्चिमासँग वार्ताको एक मात्र विषय भएको तर यसबारे इरानको अडान पूर्ववत रहने उनको धारणा थियो ।
इरानले आफ्नो भूमिमा युरेनियम प्रशोधन गर्ने अधिकार नछोड्ने बताउँदै उनले संवर्धित युरेनियम शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरिने बताएका थिए । इरान र सामूहिक रूपमा इ-थ्री नामले सम्बोधन गरिने तीन युरोपेली देश फ्रान्स, बेलायत र जर्मनीबिच वार्ता पुनः सुरु भएको बारेमा उनले भने, “हाल युरोपेलीसँग वार्ताको कुनै अर्थ छैन ।”
“औपचारिक रूपमा संयुक्त बृहत् कार्य योजना (जेसिपिओए) भनेर चिनिने सन् २०१५ मा अमेरिकासहितका शक्ति राष्ट्रसँग इरानले गरेका आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौतामा विश्वका छ शक्ति राष्ट्र बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध अन्त्यका लागि इरानले आफ्नो परमाणु कार्यक्रममा प्रतिबन्ध स्वीकार गरेको थियो तर संयुक्त राज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा सम्झौताबाट हात झिकेको थियो र प्रतिबन्ध पुनः स्थापित गरेको थियो ।
सम्झौताबाट फिर्ता हुने अमेरिकाको घोषणापछि तेहरानले पनि आफ्ना केही प्रतिबद्धता फिर्ता लिँदै अन्ततः सम्झौताको अर्को पक्षले यसलाई नमानेको अवस्थामा आफुले पनि यसलाई मानिरहन बाध्य नहुने भन्दै क्रमशः यसबाट क्रमिकरूपमा पछि हटेको थियो । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: