Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड

खबरडबली संवाददाता

म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानीका होटल तथा घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरूले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । 

तातोपानीका होटल व्यवसायी जीवन केसीले दसैँयता होटल र घरबासका कोठा खाली नभएका बताएका छन् । ‘सानाठूला २० भन्दा धेरै होटलका कोठा एक हप्तायता भरिभराउ भएका छन्’, उनले भने, ‘होमस्टेमा पाहुनाहरूले आफैँ पकाएर खाने र बस्नका लागि घरका कोठा पनि पाउन मुस्किल भएको छ ।’ 

व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाको सङ्ख्या दैनिक एक हजार ५०० जनाको हाराहारीमा छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो । जेठदेखि भदौसम्म तातोपानी सुनसान थियो । चिसो बढेको, विद्यालय र क्याम्पसमा लामो बिदा भएको तथा बाली भित्र्याउने चटारो भइनसकेको हुँदा तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ । 

Laxmi sunrise bank
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेहरूको चाप बढेकाले बिहान साढे ५ः०० देखि साँझ ५ः०० बजेसम्म महिला, पुरुषको छ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिए । 

‘सात सय महिला र चारदेखि पाँच सय पुरुष तातोपानी स्नानका लागि आएका छन्’, उनले भने, ‘महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाएर दुई/दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।’

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाइ कम गराउन तातोपानीमा स्नानका लागि आएको बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । 

गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्यान्ड, युक्रेन, स्कटल्यान्ड, रसिया, जापान र भारतका २० हजार ३४७ जना तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending