Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

विप्लव नेतृत्वको नेकपामा पार्टी एकताका लागि नेतृत्वमाथि दबाब, माओवादी केन्द्रसँग एकताको तयारी

खबरडबली संवाददाता

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा पार्टी एकता र बामपन्थी ध्रुवीकरणका विषयमा तीव्र बहस सुरु भएको छ । 

कपिलवस्तुको शिवगढीमा हिजोदेखि सुरु भएको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले महासचिव विप्लवले प्रस्तुत गरेका प्रस्तावमाथि आफ्ना धारणा राख्न थालेका छन् ।
बैठकमा महासचिव विप्लवले नेपालको बामपन्थी आन्दोलनलाई विभाजनबाट मुक्त गरी एकीकृत रूपमा अघि बढाउनुपर्ने र त्यसका लागि नयाँ ढङ्गले पार्टी एकता तथा ध्रुवीकरणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, विगतका एकताहरू ‘व्यक्तिकेन्द्रित’ ढङ्गले सीमित भएकाले यसपटक वैचारिक र संगठनात्मक आधारमा दिगो एकता हुनुपर्ने आवश्यकता छ ।

विप्लवले बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको सम्भावित पार्टी एकताबारे समेत चर्चा गर्दै, उक्त एकता प्रक्रियालाई रोक्नकै लागि माओवादी केन्द्रभित्रकै केही शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् । उनले भने, “नेकपा माओवादी केन्द्रका एक नेताले अनलाइनमाध्यममार्फत पार्टी एकता रोक्ने उद्देश्यले प्रचार गरिरहेका छन् । ती नेताले एकता नहोस् भन्ने चाहेका छन्, तर त्यो सोच अब असफल हुन्छ ।”

बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले महासचिवको विचारलाई समर्थन जनाउँदै पार्टी एकताका विषयमा छिटो निर्णय गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार, माओवादी आन्दोलनका शक्तिहरूलाई पुनः एउटै मोर्चामा ल्याएर नयाँ वैचारिक, राजनीतिक र संगठनात्मक आधारमा एकीकृत पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता हो ।

एक केन्द्रीय सदस्यले बताएअनुसार, बैठकमा पार्टी एकताबारे ठोस निष्कर्षमा पुग्ने वातावरण बन्दै गएको छ । उनका अनुसार, “हामीले नेतृत्वलाई माओवादी केन्द्रसँग चाँडै एकता गरेर अघि बढ्न दबाब दिएका छौँ । अहिले नेतृत्व पनि त्यस दिशामा सकारात्मक देखिन्छ ।”

भोलि बेलुकीसम्म चल्नेगरी तय गरिएको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताबारे औपचारिक निर्णय गर्ने तयारी गरेको जनाइएको छ । नेताहरूका अनुसार, बैठकको अन्त्यसम्ममा पार्टी एकताको स्पष्ट रूपरेखा सार्वजनिक गरिने सम्भावना रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव...

नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत सिधनिया घाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर ...

प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३० हजार म्यादी प्रहरी भर्ना खुल्ने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्ष...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया ...

सीआईबीद्वारा नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका नाममा दर्ता जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।  प्रहरी केन्द्...

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्...

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ...

कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्...

ठूला ढुंगाहरू खसेर कर्णाली करिडोरमा सडक अवरुद्ध

हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ ।  सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस...

सिन्धुलीमा कम्युनिष्ट पार्टीप्रतिको युवा आकर्षण बढ्दै

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending