पश्चिम नवलपरासी। कारागार कार्यालय पश्चिम नवलपरासीबाट जेन–जी आन्दोलनका क्रममा भागेका दुई सय बढी कैदीबन्दी अझै पक्राउ परेका छैनन् । केही कैदीबन्दी आफै कारागार फर्किए भने केहीलाई प्रहरीले पक्राउ गरेका हुन् ।
हालसम्म भागेका मध्ये ४१ महिला सहित ३ सय २८ जना कारागार फर्किएका छन् भने २ सय १८ जना कैदीबन्दी अझै फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना ९डीएसपी० विरदत्त पन्तले जानकारी दिए। भागेका मध्ये ३९ जना भारतीय कैदीबन्दी हाल सम्म फरार छन् ।
उनीहरू भारत पसेकाले भारतीय पक्ष सँगको समन्वयमा पक्राउ गरिने डीएसपी पन्तले बताए। अहिले नेपाली भित्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ तर भागेका मध्ये धेरै कैदीबन्दी अझै पक्राउ नपर्दा समुदायमा त्रासको वातावरण छ । अहिले देशका विभिन्न स्थानमा कारागारबाट भागेका कैदीबन्दीहरु गम्भिर अपराधमा संलग्न भइरहेकाले जोखिम बढेको छ । ‘प्रहरी टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ, दैनिक पक्राउ गरेर कारागारमा ल्याउने क्रम जारी छ,' डीएसपी पन्तले भने।
जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका ५ सय ७६ जना कैदीबन्दी मध्ये ५ सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए ।
कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो। तर अवस्था अनियन्त्रित देखिएपछि उनीहरूलाई बाहिर जान दिइएको हो । ३० जना भने सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...
जेष्ठ २० गते, २०८३ - १७:३२
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...
जेष्ठ २० गते, २०८३ - १७:२१
काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...
जेष्ठ २० गते, २०८३ - १६:५३
सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...
जेष्ठ २० गते, २०८३ - १६:४३
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...
जेष्ठ २० गते, २०८३ - १६:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...
जेष्ठ २० गते, २०८३ - १६:०४
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...



प्रतिकृया लेख्नुहोस्: