Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

खबरडबली संवाददाता

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिक रूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् । 

तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिक रूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए । तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार रुपियाँमा खरिद गरिएको थियो । 

तुलसीपुर १९ खानीगाउँकै सबैभन्दा बढी अदुवा खेती गरेका भोजराज पुनले  पत्रलाई बजार मूल्य नपाएपछि अदुवा बारीमै रहेको बताउनुभयो । पुनले भन्नुभयो, बजार मूल्य नै छैन, अदुवा खनेर के गर्ने, त्यही भएर बारीमै रहन दिएका छौँ । पुनले २०५२ सालदेखि व्यावसायिक रूपमै अदुवा खेती गर्दै आएको छन् । पुनका अनुसार यो वर्ष २५ क्विन्टल अदुवा उत्पादन हुने गाेरखा पत्रलाई  ताए। 

अदुवा बिक्री नभएपछि लामो समयसम्म सुरक्षित राखेर बिक्री गर्नका लागि सुठो समेत बनाएर राख्ने गरेको पुनले बताए । पुनका अनुसार सुठो प्रति क्विन्टल ३५ हजारदेखि ४० हजारसम्म बिक्री हुने गरेको छ । 

छिल्लीकोटका किसानहरूले मालागेडीपछि अदुवाको व्यवसायिकरूपमा खेती गर्दै आएका छन् । भिरालो जमिनमा अदुवा राम्रो फल्ने गरेको अर्का किसान विकास खड्काले बताए । खड्काले करिब १२ कठ्ठा जग्गामा अदुवा खेती गरेको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवपुस्ताको जनभावना अनुरूप काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...

पेरिसडाँडामा नेकपाका पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक जारी

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...

मधेश प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...

मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...

पूरै गाउँभरी झाडापखाला : ९१ जना उपचारपछि घर फर्किए

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...

म र रमेश लेखकलाई गिरफ्तार गर्नु नै यो सरकारले सुशासन ठानेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...

निर्वाचन आयोगले दल दर्ताको समयवधि बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...

दुर्गा प्रसाईं समर्थित दल दर्ता: २७ सदस्यीय केन्द्रीय समिति, जोडी पाइला चुनाव चिन्ह प्रस्ताव

काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि हुने

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending