Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

खबरडबली संवाददाता

सल्यान। स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –१ कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका –३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा। अर्जुन बुढाले जानकारी दिए। उनका अनुसार गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो । तर औषधी सेवन गरेपछि उच्च ज्वरो नघटेकाले श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो ।

लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको र ल्याएको केही समयमै अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । 

डा। बुढाका अनुसार “पछिल्लो समयमा सल्यानमा स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । धेरैजना उपचारपछि घर फर्किएका छन् । तर समयमै रोग पहिचान नभएकाले केसीले अकालमा ज्यान गुमाउनु परेको छ ।”

कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा मात्र ७० जनाले जिल्ला अस्पताल सल्यानमा स्क्रब टाइफसको उपचार गराएर निको भएका छन् । डा। बुढाले भने, “अहिले सल्यानमा स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ । लगातार केही दिनसम्म उच्च ज्वरो र शरीर दुख्ने समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर रगत परीक्षण गराउनुपर्छ ।”

यस्तै, दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुनमा स्क्रब टाइफसजस्ता लक्षण देखिएको थियो । तर परीक्षणबाट पुष्टि भएको छैन” उनले भने।

बस्नेतका अनुसार पालिकाभित्र हाल मौसमी ज्वरोका बिरामी बढिरहेका छन् । पालिकामै रगत परीक्षणको सुविधा नहुँदा उपचारमा समस्या आइरहेको छ । पछिल्लो समयमा देखिएका जटिल ज्वरोका घटनाबारे जानकारी आदान–प्रदान गर्न जिल्ला अस्पताल सल्यानले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवपुस्ताको जनभावना अनुरूप काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...

पेरिसडाँडामा नेकपाका पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक जारी

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...

मधेश प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...

मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...

पूरै गाउँभरी झाडापखाला : ९१ जना उपचारपछि घर फर्किए

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...

म र रमेश लेखकलाई गिरफ्तार गर्नु नै यो सरकारले सुशासन ठानेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...

निर्वाचन आयोगले दल दर्ताको समयवधि बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...

दुर्गा प्रसाईं समर्थित दल दर्ता: २७ सदस्यीय केन्द्रीय समिति, जोडी पाइला चुनाव चिन्ह प्रस्ताव

काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि हुने

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending