Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

खबरडबली संवाददाता

सल्यान। स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –१ कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका –३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा। अर्जुन बुढाले जानकारी दिए। उनका अनुसार गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो । तर औषधी सेवन गरेपछि उच्च ज्वरो नघटेकाले श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो ।

लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको र ल्याएको केही समयमै अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । 

डा। बुढाका अनुसार “पछिल्लो समयमा सल्यानमा स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । धेरैजना उपचारपछि घर फर्किएका छन् । तर समयमै रोग पहिचान नभएकाले केसीले अकालमा ज्यान गुमाउनु परेको छ ।”

कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा मात्र ७० जनाले जिल्ला अस्पताल सल्यानमा स्क्रब टाइफसको उपचार गराएर निको भएका छन् । डा। बुढाले भने, “अहिले सल्यानमा स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ । लगातार केही दिनसम्म उच्च ज्वरो र शरीर दुख्ने समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर रगत परीक्षण गराउनुपर्छ ।”

यस्तै, दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुनमा स्क्रब टाइफसजस्ता लक्षण देखिएको थियो । तर परीक्षणबाट पुष्टि भएको छैन” उनले भने।

बस्नेतका अनुसार पालिकाभित्र हाल मौसमी ज्वरोका बिरामी बढिरहेका छन् । पालिकामै रगत परीक्षणको सुविधा नहुँदा उपचारमा समस्या आइरहेको छ । पछिल्लो समयमा देखिएका जटिल ज्वरोका घटनाबारे जानकारी आदान–प्रदान गर्न जिल्ला अस्पताल सल्यानले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending