वासिङ्टन । अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो ।
शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो । कम्पनीले सैन्य प्रयोजनका साथै विध्वंसका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।
विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवनहरू पूर्णरूपमा ध्वस्त पारेको, माइलौँ टाढाका घरहरू हल्लिएको र भग्नावशेष हावामा उडिरहेको दृश्यहरू प्रत्यक्षदर्शीहरूले देखेको जनाएका छन् ।
“प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ”, हम्फ्रीज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भने । उनका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण सुरुमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’ का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ ।
तर, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक््र्यानले ‘हामी अहिले पनि विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुग्न सकेका छैनौँ’ भन्दै अनुसन्धान अझै जारी रहेको जानकारी दिए ।
शेरिफ डेभिसले भने, “यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन । यसबारे निष्कर्षमा पुग्न केही दिन, हप्ता वा महिना पनि लाग्न सक्छ ।”
अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्। बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बारम्बार खतराको सम्भावना देखिँदा बोलाइने गरिएको शेरिफले बताए ।
घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - २०:२५
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव...
मंसिर १ गते, २०८२ - २०:२०
बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर ...
मंसिर १ गते, २०८२ - २०:०९
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्ष...
मंसिर १ गते, २०८२ - २०:०१
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया ...
मंसिर १ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाल ट्रस्टका नाममा दर्ता जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । प्रहरी केन्द्...
मंसिर १ गते, २०८२ - १९:३४
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्...
मंसिर १ गते, २०८२ - १९:२८
झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ...
मंसिर १ गते, २०८२ - १८:४७
काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्...
मंसिर १ गते, २०८२ - १८:४३
हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस...
मंसिर १ गते, २०८२ - १८:०६
सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट...




प्रतिकृया लेख्नुहोस्: