Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

खबरडबली संवाददाता

कायरो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सोमबार शार्म अल–शेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित विश्वभरका नेताहरूले पनि भाग लिने कार्यक्रम छ ।

सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले ‘२० भन्दा बढी देशका नेताहरूलाई’ एकसाथ ल्याउनेछ । सम्मेलनको उद्देश्य गाजा पट्टीमा युद्धको अन्त्य गर्नु, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापित गर्नु र क्षेत्रीय सुरक्षा र स्थिरताको नयाँ युगको सुरुआत गर्नु रहेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सहभागी हुने घोषणा गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन पनि सम्मेलनमा उपस्थित हुनेछन् ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रतिनिधित्व गर्नेछन् । एक प्रवक्ताका अनुसार यो योजनाले न्यायपूर्ण र दिगो शान्ति निर्माण गर्ने वास्तविक अवसर प्रदान गर्दछ र युरोपेली सङ्घ (इयु) यी प्रयासहरूलाई समर्थन गर्न र यसको कार्यान्वयनमा योगदान दिन पूर्ण रूपमा प्रतिबद्ध छ ।

राज्य मिडियाका अनुसार जोर्डनका राजा अब्दुल्लाह द्वितीय पनि सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भाग लिने वा नलिने भन्नेबारे स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

हमासले सम्मेलनमा भाग नलिने स्पष्ट पारेको छ । हमासको राजनीतिक ब्युरोका सदस्य होसाम बद्रानले एएफपीलाई दिएको अन्तर्वार्तामा प्यालेस्टिनी लडाकू समूह संलग्न नहुने र गाजामा अघिल्लो वार्ताका क्रममा मुख्य रूपमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत काम भएको बताए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending