Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

गौतम बुद्ध विमानस्थलमा थाई एयर एसियाले पुनः उडान गर्ने

खबरडबली संवाददाता

भैरहवा । करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ । थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ । “थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,” तिवारीले भने, “जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।”

गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए । सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडान मात्र भएका छन् ।

२०७९ जेठ २ गते २५६६ औँ बुद्धजयन्तीका अवसरमा औपचारिक उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।

नियमित उडान निरन्तर नहुँदा भैरहवा र आसपासका होटेल तथा पर्यटन व्यवसायी प्रभावित बनेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यका अनुसार विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले करिब एक खर्ब रुपियाँ बराबरको लगानी गरेको थियो । उडान ठप्प भएपछि धेरै व्यवसायी ऋणको किस्ता र ब्याज तिर्न नसकी सङ्कटमा परेका छन् । आचार्यले भने, “केही व्यवसायीले तारे होटेल बिक्री गरिसकेका छन् भने कतिपय निर्माणाधीन होटेल बिचमै रोकिएका छन् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending