Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

मेयरका छोराले गरे एकै पटक साउनभरिको हाजिर, कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ

खबरडबली संवाददाता

सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिएपछि अस्पतालको प्रशासनिक अनुशासन र सुशासनमाथि प्रश्न उठेको छ।

अस्पतालको आधिकारिक हाजिरी रजिस्टरमा साउन १२ गतेसम्म मात्र समय बितिसकेको अवस्थामा डा। यादवले साउन २८ गतेसम्मको हस्ताक्षर गरिसकेको देखिएको छ। यसले सरकारी कार्यालयमा कर्मचारी उपस्थितिको अभिलेखको विश्वसनीयतामाथि नै शंका उत्पन्न गरेको छ।

घटनाबारे प्रतिक्रिया माग्दा डा। यादवले यसलाई 'कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ दिएका छन्। साउन १२ गतेमै २८ गतेसम्मको हाजिर कसरी भयो भन्ने प्रश्नमा उनले 'कहिलेकाहीँ मिस्टेक हुन सक्छ' भन्दै थप प्रतिक्रिया नदिई फोन काटेका थिए।

यस्तै, सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग पनि घटनाबारे प्रतिक्रिया लिन खोजिएको थियो। उनले सुरुमा फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुन: सम्पर्क हुन सकेन।

स्रोतका अनुसार डा। लुस्युनकुमार यादव नगर प्रमुख रामऔतार यादवका छोरा हुन्। उनी करार सेवामा नगर आधारभूत अस्पतालमा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

घटनाले सरकारी कार्यालयमा हाजिरी व्यवस्थापन, कर्मचारीको उत्तरदायित्व र प्रशासनिक पारदर्शिताबारे प्रश्न उठाएको छ। सम्बन्धित निकायबाट यस विषयमा छानबिन हुने वा नहुने भन्ने विषय भने अझै स्पष्ट भएको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...

पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...

मेयरका छोराले गरे एकै पटक साउनभरिको हाजिर, कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ

सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...

भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले भाडामा लाएको आरोप, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...

एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending