नेपालगन्ज । जेनजी आन्दोलनको क्रममा बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना कैदीबन्दीमध्ये २१७ जना अझै सम्पर्कमा आएका छैनन् ।
भागेका मध्ये हालसम्म १२३ जना मात्रै पक्राउ परेको कारागार र बालसुधारगृहले जनाएका छन् ।
बाँकेको नौबस्ता बालसुधार गृहका ४५ जना, नौबस्ता क्षेत्रीय कारगारका १०४ जना र जयन्दु बालसुधार गृहका ६८ जना कैदीबन्दी अझै फरार छन् । डुडुवास्थित जयन्दु बालसुधार गहृका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दी मध्ये ११५ जना भागेकोमा ४७ जना पक्राउ परेको र ६८ जनाको खोजी भइरहेको बताए।
नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म ३३ जना पक्राउ परेको र ४५ जनाको खोजी भइरहेको बताए।
यसैगरि नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये ४३ जना पक्राउ परेको तथा १०४ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए
फरार रहेका २१७ जना कैदी बन्दीहरुको खोजी कार्य कार्यादलमार्फत भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि सरकारले असोज २० गतेसम्म फर्किन कैदीहरुलाई समयसीमा दिएको थियो । तर, सो समयसीमा समाप्त हुँदा समेत धेरै कैदीबन्दीहरु पmर्किएका छैनन् ।
भारतीय कैदी बन्दीहरु भारतमा भागेको प्रहरीले जनाएको छ भने अन्यको खोजी भइरहेकोले सबैलाई पक्राउ गरेर कारागारमा राखिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...
जेष्ठ २० गते, २०८३ - १७:३२
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...
जेष्ठ २० गते, २०८३ - १७:२१
काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...
जेष्ठ २० गते, २०८३ - १६:५३
सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...
जेष्ठ २० गते, २०८३ - १६:४३
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...
जेष्ठ २० गते, २०८३ - १६:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...
जेष्ठ २० गते, २०८३ - १६:०४
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...



प्रतिकृया लेख्नुहोस्: