नेपालगन्ज । जेनजी आन्दोलनको क्रममा बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना कैदीबन्दीमध्ये २१७ जना अझै सम्पर्कमा आएका छैनन् ।
भागेका मध्ये हालसम्म १२३ जना मात्रै पक्राउ परेको कारागार र बालसुधारगृहले जनाएका छन् ।
बाँकेको नौबस्ता बालसुधार गृहका ४५ जना, नौबस्ता क्षेत्रीय कारगारका १०४ जना र जयन्दु बालसुधार गृहका ६८ जना कैदीबन्दी अझै फरार छन् । डुडुवास्थित जयन्दु बालसुधार गहृका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दी मध्ये ११५ जना भागेकोमा ४७ जना पक्राउ परेको र ६८ जनाको खोजी भइरहेको बताए।
नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म ३३ जना पक्राउ परेको र ४५ जनाको खोजी भइरहेको बताए।
यसैगरि नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये ४३ जना पक्राउ परेको तथा १०४ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए
फरार रहेका २१७ जना कैदी बन्दीहरुको खोजी कार्य कार्यादलमार्फत भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि सरकारले असोज २० गतेसम्म फर्किन कैदीहरुलाई समयसीमा दिएको थियो । तर, सो समयसीमा समाप्त हुँदा समेत धेरै कैदीबन्दीहरु पmर्किएका छैनन् ।
भारतीय कैदी बन्दीहरु भारतमा भागेको प्रहरीले जनाएको छ भने अन्यको खोजी भइरहेकोले सबैलाई पक्राउ गरेर कारागारमा राखिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...
मंसिर १ गते, २०८२ - १६:४५
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...
मंसिर १ गते, २०८२ - १६:३४
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...
मंसिर १ गते, २०८२ - १६:१४
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...
मंसिर १ गते, २०८२ - १५:५०
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...
मंसिर १ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...
मंसिर १ गते, २०८२ - १५:१५
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...
मंसिर १ गते, २०८२ - १५:०७
काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...
मंसिर १ गते, २०८२ - १४:५४
दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...
मंसिर १ गते, २०८२ - १४:४८
ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...




प्रतिकृया लेख्नुहोस्: