Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कोभिड-१९ सङ्क्रमणले मुसाको शुक्राणु परिवर्तन

खबरडबली संवाददाता

सिड्नी । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ ।

यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताले गरेको अध्ययनमा भाले मुसालाई कोभिड-१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि ती मुसालाई असङ्क्रमित पोथी मुसासँग मिलाइयो ।

अनुसन्धानकर्ताले त्यसपछि जन्मिएका सन्तानको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरे । “हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानले असङ्क्रमित पिताका सन्तानको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा.एलिजाबेथ क्लेम्यानले भने । 

नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी-समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानमा समान परिवर्तन देखिए । विशेष गरी, तीमध्ये पोथीले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा.क्यारोलिना गुबर्टले भने, “यी परिवर्तन एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।” अनुसन्धानका प्रमुख लेखक डा.एन्थोनी हान्नानले भने, “यो अध्ययनले कोभिड-१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”

फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ । डा. हान्नानले भने, “यी निष्कर्ष अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तन मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”

तर अनुसन्धानकर्ताले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड-१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेष गरी, आफ्नो जीवनको सामाजिक रूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवामा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनले देखाएका छन् ।

सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिका अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending