Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोभिड-१९ सङ्क्रमणले मुसाको शुक्राणु परिवर्तन

खबरडबली संवाददाता

सिड्नी । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ ।

यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताले गरेको अध्ययनमा भाले मुसालाई कोभिड-१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि ती मुसालाई असङ्क्रमित पोथी मुसासँग मिलाइयो ।

अनुसन्धानकर्ताले त्यसपछि जन्मिएका सन्तानको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरे । “हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानले असङ्क्रमित पिताका सन्तानको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा.एलिजाबेथ क्लेम्यानले भने । 

नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी-समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानमा समान परिवर्तन देखिए । विशेष गरी, तीमध्ये पोथीले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा.क्यारोलिना गुबर्टले भने, “यी परिवर्तन एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।” अनुसन्धानका प्रमुख लेखक डा.एन्थोनी हान्नानले भने, “यो अध्ययनले कोभिड-१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”

फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ । डा. हान्नानले भने, “यी निष्कर्ष अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तन मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”

तर अनुसन्धानकर्ताले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड-१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेष गरी, आफ्नो जीवनको सामाजिक रूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवामा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनले देखाएका छन् ।

सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिका अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending