तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो बस र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी डुम्रेका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर दिउँसो करिब १२ बजेर १० मिनेटमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङ गम्भीर घाइते भएका थिए । सोही स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङ पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् ।
दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सीटी अस्पताल, डुम्रे लगिएकोमा थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको थियो । तर, दिउँसो करिब १ बजेर ४८ मिनेटमा पुनराम गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यता तनहुँकै आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।
सूचना अधिकारी बिकका अनुसार गएराति करिब ११ः४५ बजे ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्कमा बस्दै आएका २८ वर्षीय विजय तामाङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई आज बिहान १२ः४४ बजे आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
त्यसै दुर्घटनामा मोटरसाइकलमा सवार गोरखा सहिदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ बायाँ आँखामाथि र शरीरमा भित्री चोट लागेर गम्भीर घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: