Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

ढुक्क हुनुस्, यो सरकार एनजीओको होइन : प्रधानमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच शनिबार तय भएको भेटवार्ता अन्तिम समयमा स्थगित भयो। बिहान ९ बजे वार्ता तय भए पनि राष्ट्रपति पौडेल अस्वस्थ भई अस्पताल लगिएपछि कार्यक्रम रद्द भएको हो।

राष्ट्रपति अनुपस्थित रहँदा प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमै जेनजीका प्रतिनिधिहरूसँग करिब एक घण्टा अनौपचारिक छलफल गरिन्। छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार प्रधानमन्त्रीले सरकारमाथि लागेको ‘एनजीओ वा बाह्य प्रभाव’को आरोपलाई अस्वीकार गर्दै भनिन्  “यो कुनै एनजीओले चलाएको होइन, ढुक्क हुनुस्  यो सरकार मैले चलाएकी हुँ।”

प्रधानमन्त्रीले आन्दोलनकारीहरूलाई “सरकार र आन्दोलनकारी एउटै सिक्काका दुई पाटा हुन्” भन्दै सहकार्यका लागि आग्रह गरिन्। उनले सरकार सुशासन र समयमै निर्वाचन गराउने प्रतिबद्धतामा रहेको बताइन्।

वार्ता स्थगित भए पनि राजनीतिक विश्लेषकहरू यो भेटलाई संवादको सकारात्मक सुरुवातका रूपमा लिएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर भएपछि पुनः भेटवार्ता तय गरिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending