Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

खबरडबली संवाददाता

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहरू सास्तीमा परेका छन्।

धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको ११० किलोमिटर सडकखण्डमध्ये हालसम्म करिब ७३ किलोमिटर कालोपत्रे भइसकेको छ। तर सोही खण्डमा पर्ने ८ वटा मोटरेबल पुल निर्माण भने बजेट अभाव र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन।

पुल निर्माण ढिलाइ हुँदा विशेषगरी बर्खायाममा खोलामा बाढी आउँदा सवारीसाधन बीच बाटोमै रोकिने र यात्रु अलपत्र पर्ने समस्या बढेको छ। हेवा, लारिप्पा र बगुवा खोलामा त पुल निर्माण कार्य अझै सुरु नै हुन सकेको छैन।

तमोर करिडोर पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहका अनुसार कम्बुवा खोलामा २५ प्रतिशत, लखुवा र रघुवा खोलामा २७/२७ प्रतिशत, नावा खोलामा ५० प्रतिशत र छरुवा खोलामा ७५ प्रतिशत काम सम्पन्न भएको छ। एउटा पुल निर्माणका लागि करिब १० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

सरकारबाट समयमै बजेट निकासा नहुनु र निर्माण कम्पनीको लापरबाहीका कारण काम प्रभावित भएको उनले बताए। निर्माणमा ढिलाइ हुँदा कतिपय स्थानमा बाढीले संरचना बगाउने र पुनः काम सुरु गर्नुपर्ने अवस्था आएको स्थानीय महेन्द्र न्यौपानेले बताए।

तमोर करिडोर हुँदै तराईबाट ताप्लेजुङसम्म यात्रा गर्ने यात्रुहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी पाँचथर–धनकुटा सीमाको नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव परिवर्तन भइरहने हुँदा यातायात सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ।

पुल निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का लगाइएको छ। छरुवा खोलाको पुल निर्माणका लागि लुम्बिनी–रौता–खानी जेभीले करिब १७ करोड २३ लाख रुपैयाँमा ठेक्का पाएको छ, जसको म्याद आगामी असार मसान्तसम्म छ।

त्यस्तै नावा, लखुवा, लारिप्पा र हेवा खोलाका पुल निर्माणका लागि शर्मा–सगुन जेभीले करिब ३७ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ, जसको म्याद आगामी फागुन मसान्तसम्म रहेको छ।

बगुवा, कम्बुवा र रघुवा खोलाका पुल निर्माणका लागि कुमार श्रेष्ठ–स्वामीनारायण आशिर्वाद जेभीले करिब २२ करोड ५२ लाख रुपैयाँमा ठेक्का पाएको छ, जसको काम आगामी वैशाख १९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरिएको छ।

तमोर करिडोरमा निर्माणाधीन पुलमध्ये सबैभन्दा लामो छरुवा खोलाको पुल १६५ मिटर लम्बाइको रहेको छ भने नावा र लखुवा खोलामा १५० मिटर लम्बाइका पुल निर्माण भइरहेका छन्। अन्य खोलामा २० देखि ४० मिटर लम्बाइका पुल निर्माणाधीन छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending