काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले भदौ २३ र २४ गते भएका घटनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा भीमफेदी कारागारका जेलर रहेका पौडेलको सक्रियता, समन्वय क्षमता र नेतृत्वका कारण ठूलो क्षति हुनबाट जोगिएको निष्कर्ष निकालेको हो। आयोगले उनको कुशल कार्यसम्पादनको कदर गर्दै राज्यबाट सम्मान तथा पुरस्कार दिन सरकारलाई सुझाव दिएको छ।
प्रतिवेदनअनुसार भदौ २४ गते रातिदेखि २५ गते बिहानसम्म भीमफेदी कारागारमा तोडफोड, आगजनी तथा कैदी फरार गराउने उच्च जोखिम रहेको थियो। यस्तो संवेदनशील अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच प्रभावकारी समन्वय गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो। सो क्रममा जेलर पौडेलले अग्रसरता लिँदै सम्भावित ठूलो दुर्घटना टार्न महत्वपूर्ण भूमिका खेलेको आयोगको ठहर छ।
आयोगले प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको उल्लेख गर्दै जोखिमपूर्ण अवस्थामा जिम्मेवारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेको छ।
लामो समय स्थानीय तहमा कार्यअनुभव हासिल गरेका पौडेल निजामती सेवामा प्रवेशपछि गाविस सचिवदेखि विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत, उपसचिव बनेपछि अध्यागमन विभाग र काभ्रेपलाञ्चोक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहिसकेका छन्। हाल उनी भीमफेदी कारागारमा जेलरको जिम्मेवारी सम्हालिरहेका छन्।
गत वर्ष काभ्रेपलाञ्चोकमा आएको बाढीपहिरोका बेला सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा उनले प्रभावकारी समन्वय गर्दै उद्धार र राहत कार्यलाई अघि बढाएका थिए। सो कार्यको प्रशंसा गर्दै स्थानीय सरोकारवालाले उनलाई सम्मानसहित विदाइ गरेका थिए।
उल्लेखनीय छ कि बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त घटनासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन सुरु गरिसकेको छ। प्रतिवेदनमा कमजोरी गर्नेहरूलाई कारबाही र उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...
चैत्र १६ गते, २०८२ - १८:३५
इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...
चैत्र १६ गते, २०८२ - १८:२९
रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...
चैत्र १६ गते, २०८२ - १८:२७
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...
चैत्र १६ गते, २०८२ - १८:२४
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...



प्रतिकृया लेख्नुहोस्: