काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले जनताको म्यान्डेटविपरीत काम गरेको आरोप लगाउँदै आगामी निर्वाचन र त्यसका तयारी गर्ने आयोग दुवैलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।
भक्तपुरको गुन्डुमा शुक्रबार आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचनमा भाग नलिने संकेत दिएका छन्। ओलीका अनुसार, देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने एकमात्र उपाय संसद् पुनःस्थापना हो।
‘फागुन २१ गते पर्खिने बेला छैन,’ ओलीले भने, ‘संसद् पुनःस्थापनाबाहेक अरू मान्यता स्वीकारेर हिँडियो भने देश बर्बाद हुन्छ।’
उनले कार्की सरकारलाई असंवैधानिक भन्दै सरकारका सबै निर्णय गलत रहेको आरोप लगाए। साथै, जेनजी आन्दोलनका शहीद र घाइतेलाई सम्बोधन नगरिएको भन्दै सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गरे।
ओलीले आफ्नो पासपोर्ट रोक्का गरिएको समाचारलाई ‘राजनीतिक तमासा’ भन्दै सरकारको कठपुतलीपनको उदाहरण भएको बताए। गृहमन्त्री ओमप्रकाश अर्यालप्रति चेतावनी दिंदै उनले भने, ‘गृहमन्त्री बाबुलाई धेरै नहौसिन चेतावनी दिन्छु।’
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगप्रति अस्वीकार जनाउँदै ओलीले भने, ‘एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन।’ आयोगले आफूलाई उपत्यका नछाड्न आदेश दिएपछि ओलीले आयोगको नैतिकता र वैधतामाथि प्रश्न उठाएका हुन्।
‘आयोगमा बस्नुअघि नै सार्वजनिक रूपमा धारणा राख्नेहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने होइन र?’ उनले प्रश्न गरे।
ओलीले आफ्नो सम्पत्ति १० पटकसम्म छानबिन गर्न चुनौती दिँदै वर्तमान सरकारका मन्त्रीहरूले पनि सम्पत्ति छानबिनका लागि तयार हुनुपर्ने बताए।
उनले थपे, ‘यो नेपालीको सरकार होइन, प्रधानमन्त्री सुशीला कार्कीले संसद् भंग गर्ने सर्तमा प्रधानमन्त्री बन्नुभएको हो।’
प्रधानन्यायाधीश र न्यायाधीश बनेको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको पदमा बस्नु असंवैधानिक भएको भन्दै ओलीले कार्की सरकारको वैधता नै प्रश्नवाचक रहेको दाबी गरे।
‘राष्ट्रपतिले सरकारलाई निर्वाचन गराउने म्यान्डेट दिनुभएको थियो, तर सरकार त्यस दिशामा अघि बढेको छैन,’ ओलीको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: