Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भारतमा तालिवान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको सङ्केत

खबरडबली संवाददाता

नयाँदिल्ली । अफगानिस्तानका संयुक्त राष्ट्रसङ्घ-स्वीकृत विदेशमन्त्री आमिर खान मुत्ताकीले बिहीबार भारतको पहिलो औपचारिक भ्रमण आरम्भ गरेका छन् । सन् २०२१ मा अमेरिकी नेतृत्वको सेनाको फिर्तीपछि तालिवान पुनः  सत्तामा फर्किएयता कुनै पनि शीर्ष तालिवान नेताको यो पहिलो भारत भ्रमण हो ।

मुत्ताकीको भ्रमण संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले उनलाई विशेष यात्रा छुट दिएपछि सम्भव भएको हो । नयाँदिल्ली पछिल्ला वर्षमा तालिबान सरकारसँग आफ्नो सम्पर्क गहिर्‍याउने प्रयासमा रहेकाले यो भ्रमणलाई भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले विशेष चासोका साथ नियालिरहेको बताइन्छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताकीलाई ‘न्यानो स्वागत’ गर्दै विज्ञप्तिमा भने, “हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयहरूमा सार्थक छलफल गर्न उत्सुक छौँ ।” सन् २०२५ को जनवरीमा दुबईमा भारतका वरिष्ठ कूटनीतिज्ञ विक्रम मिस्रीसँग भेट गरेका मुत्ताकीले यस पटक विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ताको तयारी गरे । 

दुवै पक्षले औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि विश्लेषकले व्यापार, क्षेत्रीय सुरक्षा र मानवीय सहायता सम्बन्धी विषय छलफलको केन्द्र हुने अनुमान गरेका छन् । भारतले हाल तालिवान सरकारलाई औपचारिक मान्यता दिने सम्भावना भने असम्भाव्य देखिएको छ । अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भने, “नयाँदिल्ली अफगानिस्तानमा आफ्नो प्रभाव पुनः स्थापना गर्न उत्सुक छ र यस दौडमा चीन र पाकिस्तानलाई पछाडि पार्न चाहन्छ ।”

यो भ्रमण हालै रुसमा सम्पन्न तालिवान प्रतिनिधि मण्डलको भेटपछि भएको हो । रुस अहिले तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो र एक मात्र देश बनेको छ । डोन्टीले भने, “तालिवानले अहिले कूटनीतिक मान्यता र वैधता खोजिरहेकाे छ, तर त्यो मार्ग अझै लामो छ ।” भारतका पूर्व राजदूत राकेश सुदले भने, “भारतलाई तालिबानलाई औपचारिक मान्यता दिन हतार छैन । अहिले भारतले व्यावहारिक र सतर्क कूटनीतिक नीति अपनाइरहेको छ ।”

भारतले तालिवान सत्तामा फर्किएपछि देशबाट पलायन भएका हजारौँ अफगानीलाई लामो समयदेखि आश्रय दिँदै आएको छ । सन् २०२३ मा नयाँदिल्लीस्थित अफगान दूतावास बन्द भए पनि मुम्बई र हैदराबादका वाणिज्य दूतावासहरूले अझै सीमित सेवा सञ्चालन गरिरहेका छन् । भारतले काबुलमा आफ्नो उपस्थितिलाई मानवीय सहायताको समन्वयमा केन्द्रित रहेको बताएको छ ।

‘ड्राइभ अ वेज’-रणनीतिक सन्देश

तालिवानको इस्लामिक कानुनको कडा व्याख्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारका दृष्टिमा वैचारिक रूपमा असङ्गत देखिए पनि भारतले यस अवस्थालाई कूटनीतिक अवसरका रूपमा लिन खोजिरहेको छ ।

दक्षिण एसियामा भारत र पाकिस्तानबिच लामो समयदेखि कायम रहेको अविश्वासले क्षेत्रीय सम्बन्धमा गहिरो प्रभाव पारेको छ । विश्लेषकको भनाइमा नयाँदिल्ली इस्लामाबाद र काबुलबिचको दूरीको फाइदा उठाउँदै आफ्नो रणनीतिक उपस्थितिलाई सुदृढ बनाउने प्रयासमा छ । डोन्टीले भने, “काबुल इस्लामाबाद र नयाँदिल्लीबिचको नाजुक डोरीमा हिँड्नेछ, जहाँ भारतले औपचारिक मान्यता नदिई पनि सम्बन्धबाट सबैभन्दा बढी लाभ लिने प्रयास गर्नेछ ।”

पाकिस्तानी विश्लेषक वाहिद फकिरीले मुत्ताकीको भ्रमणलाई ‘उल्लेखनीय विकास’ बताउँदै भने, “यो भ्रमण तालिवान र पाकिस्तानबिच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो ।” इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी भूमिमा आक्रमण गर्ने आतङ्ककारी समूहलाई निष्कासन गर्न असफल भएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ ।

हालै मे महिनामा भारत र पाकिस्तानबिच छोटो तर घातक सीमावर्ती भिडन्त भएको थियो । यसलाई दशकौँको सबैभन्दा गम्भीर सैन्य तनावका रूपमा लिइएको छ । फकिरीले भने, “यो भ्रमणले पाकिस्तानलाई निश्चितरूपमा असहज बनाउनेछ र उसको शङ्का बढाउने छ । तर यसले भारतको अफगानिस्तानभित्रको उपस्थितिलाई बलियो बनाउनेछ र सम्भवतः तालिवान र पाकिस्तानबिचको दूरी अझ बढाउनेछ ।” मुत्ताकीको यो भ्रमणले दक्षिण एसियाली कूटनीतिक परिदृश्यमा नयाँ सन्तुलन र प्रतिस्पर्धाको चरण आरम्भ गरेको कूटनीतिक वृत्तको मूल्याङ्कन छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending