Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

हमासद्वारा बन्धक मुक्त, इजरायलले कैदी रिहा गर्ने

खबरडबली संवाददाता

कायरो । इजरायल र हमासबिच बिहीबार गाजा युद्धविराम सम्झौतामा सहमति भएपछि दुई वर्षभन्दा बढी समयदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य हुने सम्भावना देखिएको छ । 

यस सम्झौताले बाँकी जीवित इजरायली बन्धकलाई केही दिनभित्रै मुक्त गर्ने बाटो खुलाएको छ । यसले युद्धले हजारौँको ज्यान लिएको र गाजामा गम्भीर मानवीय सङ्कट निम्त्याएको युद्धको अन्त्यतर्फको एक निर्णायक कदमका रूपमा हेरिएको छ ।

सम्झौतामा बिहीबार नै हस्ताक्षर हुने बताइएको छ । सम्झौताले इजरायललाई सयौँ प्यालेस्टिनी कैदी रिहा गर्न र गाजामा मानवीय सहयोग बढाउन आह्वान गर्दछ । यो सम्झौता सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको अभूतपूर्व आक्रमणपछि सुरु भएको युद्धको समाप्तितर्फको नयाँ चरण हो ।

“हमासले सबै बन्धकलाई मुक्त गर्नेछ र इजरायली सेनाले सहमति भएको रेखासम्म फिर्ता हुनेछ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०-बुँदे शान्ति योजनाअन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भने, “म विश्वस्त छु, सबै बन्धक सोमबारसम्म फिर्ता हुनेछन् ।”

हमासभित्रका एक वरिष्ठ स्रोतका अनुसार समूहले सम्झौताको पहिलो चरणमा करिब दुई हजार प्यालेस्टिनी कैदीको सट्टामा २० जीवित इजरायली बन्धक रिहा गर्नेछ । यो आदानप्रदान सम्झौता कार्यान्वयन भएको ७२ घण्टाभित्र सम्पन्न हुनेछ । ट्रम्पले गाजाको पुनर्निर्माण तथा शान्ति स्थापनामा वासिङ्टनको सक्रिय भूमिका रहने बताए । 

उनका अनुसार यो युद्धविराम केवल युद्ध अन्त्यको नभई, स्थायी शान्तिको सुरुआत हो । गाजाका विस्थापित नागरिक समीर जुदेहले भने, “दुई वर्षसम्म हामी निरन्तर बम, आतङ्क, विनाश र मृत्युको डरमा बाँच्यौँ । आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ । अब हामीलाई अन्ततः शान्तिको सास फेर्ने मौका मिलेको अनुभूति भइरहेको छ ।”

कतारले यस सम्झौतालाई ‘गाजा युद्धविरामको पहिलो चरण’ भन्दै स्वागत गरेको छ । कतारी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “यो सम्झौता युद्धको अन्त्य, बन्धक र कैदीको रिहाइ र मानवीय सहयोगको प्रवेशको प्रारम्भ हो ।” हमास स्रोतका अनुसार २५० जना आजीवन कारावास सजाय पाएका र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ ।

इजरायली प्रधानमन्त्री माननीय बेन्जामिन नेतान्याहुले ‘भगवानको कृपाले हामी हाम्रा नागरिकलाई घर फर्काउनेछौँ’ भन्दै प्रतिक्रिया दिए । उनका अनुसार सम्झौताको अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बिहीबार नै बस्नेछ । ट्रम्पले केही दिनअघि नै उक्त सम्झौता ‘धेरै नजिक’ रहेको बताए । यस हप्ता नै मध्यपूर्वको यात्रा गर्ने सङ्केत पनि गरेका थिए । 

एएफपीका पत्रकारका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार ह्वाइट हाउसमा ट्रम्पलाई इजिप्ट वार्ताको प्रगतिबारे तत्काल जानकारी दिएपछि घटनाक्रम तीव्र बनेको हो । ट्रम्पले भने, “म आइतबारतिर इजिप्ट पुग्ने योजना बनाइरहेको छु र गाजाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने सोच पनि छ ।”

ट्रम्प शान्ति योजनाले युद्धविराम, सबै बन्धकको रिहाइ, हमासको निःशस्त्रीकरण र इजरायली सेनाको चरणबद्ध फिर्तीको प्रस्ताव गर्दछ । हमासले युद्धविरामको पहिलो चरणमा रिहाइ गर्न चाहेका प्यालेस्टिनी कैदीको सूची इजरायललाई बुझाइसकेको छ । बदलामा, हमासले बाँकी रहेका ४७ जना बन्धक जीवित र मृत दुवै मुक्त गर्ने तयारी गरेको जनाएको छ । 

ती सबै बन्धक सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमास आक्रमणका क्रममा नियन्त्रणमा लिइएका थिए । हमासका अनुसार यस सम्झौतामा इस्लामिक जिहाद र प्यालेस्टाइन मुक्ति लोकप्रिय मोर्चाका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

आधिकारिक इजरायली तथ्याङ्कअनुसार हमासको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाइएको थियो, जसमा ४७ जना अझै बाँकी छन् । इजरायली सेनाका अनुसार तीमध्ये २५ जनाको मृत्यु भइसकेको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणमा कम्तीमा ६७ हजार १८३ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्कलाई विश्वसनीय मानेको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ ।

युद्धविराम सम्झौता हुनुअघि पनि गाजामा बमबारी जारी थियो । हमासको नियन्त्रणमा रहेको नागरिक सुरक्षा निकायका अनुसार सम्झौता घोषणा हुनु केही घण्टा अघिसमेत विस्फोटको आवाज गुञ्जिएको थियो । विश्वव्यापी दबाबका कारण युद्ध अन्त्यको माग तीव्र बनेको छ । गाजाको अधिकांश क्षेत्र ध्वस्त भइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी जारी गरेको छ र इजरायली बन्धक परिवार आफ्ना प्रियजनको फिर्तीका लागि अझै प्रार्थना गरिरहेका छन् । वार्ताको एउटा मुख्य मुद्दा हमासले माग गरेको प्यालेस्टिनी कैदीको सूची थियो, जसमा फताह आन्दोलनका वरिष्ठ नेता मारवान बारघौती पनि समावेश छन् । हमासका प्रमुख वार्ताकार खलिल अल-हयाले भने, “हामीले राष्ट्रपति ट्रम्प र सहभागी राष्ट्रबाट स्थायी शान्तिको ग्यारेन्टी चाहेका छौँ । यो युद्ध अब सधैँका लागि अन्त्य हुनुपर्छ ।” रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE