Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

गुल्मीमा पाँच हजारभन्दा बढी मतदाता थपिँदै

खबरडबली संवाददाता

गुल्मी। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । 

गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिएको थियो । अहिले पुन: असोज १० गतेबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएपछि अहिलेसम्म १५० जनाले विवरण दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिए। 

केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहेका थिए । दैनिक सङ्ख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समय सीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफूहरूको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताए। 

उहाँले परदेशबाट आएका, नयाँ उमेर समूहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरू विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताए। आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालय पनि निर्वाचनको व्यवस्थापकीय तयारीमा जुटेका छन् । 

निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता नामवली अद्यावधिक, भौतिक पूर्वाधारको अवस्था मुल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरूको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए। 

मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामवलीबाट नाम हटाइएको सूचना सार्वजनिक भएको छ । चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालीगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुङ्गा ३०, रुरुक्षेत्र २६, सत्यवती ३१ गरेर ३२८ जना मृत्यु भएकाहरूको मतदाता नामवलीबाट नाम हटाइएको छ । 

त्रुटि हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । गुल्मीमा २०७९ सालको मतदाता नामवलीअनुसार जिल्लाभर पुरुष एक लाख १० हजार ७२८ र महिला एक लाख १३ हजार १२० गरेर कुल दुई लाख २३ हजार ८५० मतदाता रहेका छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ बाट नेपाली कांग्रेसका डाक्टर चन्द्रकान्त भण्डारीले ३३ हजार ७४४ र एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १२५ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गरेको थिए । 

प्रतिनिधिसभा क्षेत्र २ मा एमालेका गोकर्ण विष्टले २८ हजार ४७६ र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसले जानकारी दिए। 

त्यस्तै, सामानुपातिकतर्फ ४७ चिन्हमा मतदान भएको थियो । जसमा एमालेले प्रतिनिधिसभा क्षेत्र नं. १ मा २८ हजार ४५३ र क्षेत्र नं. २ मा २५ हजार १३० गरेर ५३ हजार ५५८ मत प्राप्त गरेको थियो । 

सूचना अधिकारी श्रीसका अनुसार नेपाली कांग्रेसले प्रतिनिधि क्षेत्र नं। १ मा २३ हजार ४१३ र क्षेत्र नं। २ मा १८ हजार ४५१ गरेर ४१ हजार ४६४ मत प्राप्त गरेको थियो । समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछाडि पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा क्षेत्र नं १ मा आठ हजार ११६ र क्षेत्र नं। २ मा चार हजार २६३ गरेर १२ हजार ३५२ मत प्राप्त गरेको थियो । 

नेकपा ९माओवादी केन्द्र० ले प्रतिनिधिसभा क्षेत्र नं। १ मा ६ हजार २५७ र क्षेत्र नं। २ मा पाँच हजार ४३७ गरेर ११ हजार ६९४ मत प्राप्त गरेको थियो । गुल्मीमा गत निर्वाचनसम्म १४२ निर्वाचनस्थल र २७९ मतदान केन्द्र रहेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...

चुनावी परिणाम र पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा अपरिहार्य: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच जना पक्राउ

काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending