Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

गुल्मीमा पाँच हजारभन्दा बढी मतदाता थपिँदै

खबरडबली संवाददाता

गुल्मी। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । 

गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिएको थियो । अहिले पुन: असोज १० गतेबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएपछि अहिलेसम्म १५० जनाले विवरण दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिए। 

केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहेका थिए । दैनिक सङ्ख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समय सीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफूहरूको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताए। 

उहाँले परदेशबाट आएका, नयाँ उमेर समूहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरू विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताए। आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालय पनि निर्वाचनको व्यवस्थापकीय तयारीमा जुटेका छन् । 

निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता नामवली अद्यावधिक, भौतिक पूर्वाधारको अवस्था मुल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरूको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए। 

मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामवलीबाट नाम हटाइएको सूचना सार्वजनिक भएको छ । चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालीगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुङ्गा ३०, रुरुक्षेत्र २६, सत्यवती ३१ गरेर ३२८ जना मृत्यु भएकाहरूको मतदाता नामवलीबाट नाम हटाइएको छ । 

त्रुटि हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । गुल्मीमा २०७९ सालको मतदाता नामवलीअनुसार जिल्लाभर पुरुष एक लाख १० हजार ७२८ र महिला एक लाख १३ हजार १२० गरेर कुल दुई लाख २३ हजार ८५० मतदाता रहेका छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ बाट नेपाली कांग्रेसका डाक्टर चन्द्रकान्त भण्डारीले ३३ हजार ७४४ र एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १२५ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गरेको थिए । 

प्रतिनिधिसभा क्षेत्र २ मा एमालेका गोकर्ण विष्टले २८ हजार ४७६ र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसले जानकारी दिए। 

त्यस्तै, सामानुपातिकतर्फ ४७ चिन्हमा मतदान भएको थियो । जसमा एमालेले प्रतिनिधिसभा क्षेत्र नं. १ मा २८ हजार ४५३ र क्षेत्र नं. २ मा २५ हजार १३० गरेर ५३ हजार ५५८ मत प्राप्त गरेको थियो । 

सूचना अधिकारी श्रीसका अनुसार नेपाली कांग्रेसले प्रतिनिधि क्षेत्र नं। १ मा २३ हजार ४१३ र क्षेत्र नं। २ मा १८ हजार ४५१ गरेर ४१ हजार ४६४ मत प्राप्त गरेको थियो । समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछाडि पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा क्षेत्र नं १ मा आठ हजार ११६ र क्षेत्र नं। २ मा चार हजार २६३ गरेर १२ हजार ३५२ मत प्राप्त गरेको थियो । 

नेकपा ९माओवादी केन्द्र० ले प्रतिनिधिसभा क्षेत्र नं। १ मा ६ हजार २५७ र क्षेत्र नं। २ मा पाँच हजार ४३७ गरेर ११ हजार ६९४ मत प्राप्त गरेको थियो । गुल्मीमा गत निर्वाचनसम्म १४२ निर्वाचनस्थल र २७९ मतदान केन्द्र रहेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending