Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

मधेशमा एमाले, कांग्रेस र जनमतले नयाँ सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा बुझाए दाबीपत्र

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ । 

नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी बुधबार प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका छन् ।

बुधबार एमालेले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको हो । एमालेले औपचारिक निर्णय गर्दै जनमत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरिएको हो ।

तीन दलका नेताहरूले बुझाएको दाबीपत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न सिफारिस गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुखले बहुमत प्राप्त दल वा दलहरूको गठबन्धनबाट सरकार गठनका लागि आह्वान गरेपछि ती दलहरूले संयुक्त रूपमा दाबी पेश गरेका हुन् ।

दाबीपत्रमा एमाले, कांग्रेस र जनमत गरी तीन राजनीतिक दलका ५८ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको उल्लेख छ । जुन अहिलेको कुल १०७ सदस्यीय प्रदेशसभाको बहुमत हो ।

हाल मधेश प्रदेशसभामा १० दल प्रतिनिधित्व गर्छन् । तीमध्ये यी तीन दलका ५८ सांसदको समर्थनमा नयाँ सरकार गठनको दाबी गरिएको हो । यसअघि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई पार्टीमा फिर्ता बोलाउँदै स्पष्टिकरण सोधेको थियो । पार्टीले स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।

मुख्यमन्त्री सिंहले गत भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि पछि पदमा यथावत् रहेका थिए । सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन नदिएपछि नेपाली कांग्रेसले पनि आफ्नो समर्थन फिर्ता लिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...

चुनावी तयारीको ६० प्रतिशत काम सम्पन्न: निर्वाचन आयाेग

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...

जावलाखेलस्थित सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठम...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

मनिला । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबा...

बेमाैसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि त...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री प्रसन्ना रणतुङ्गा पक्राउ

कोलम्बो । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेक...

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमा...

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending