Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

ठूलो आत्मविश्वाससहित विश्वकप छनोट प्रतियोगितामा कुवेतविरुद्ध उभिँदै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट प्रयासमा छ।

ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ।

गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो।

नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा देखाउँदै आएको प्रतिभा र हात पारेको परिणामका आधारमा नेपालले विश्वकपमा सहभागी हुने अवसर पाउने ठानिएको छ। विश्वकपमा २० राष्ट्र सहभागी हुने छन्।

केही साताअघि नेपाल टेस्ट क्रिकेट खेल्ने टोली टेस्ट इन्डिजसँगको भएको तीन खेलको शृङ्खलामा २-१ले विजञि भएको थियो।

नेपालको लक्ष्य

नेपाली टोलीको यसपालिको लक्ष्य फेरि २० ओभरको विश्वकप खेल्नु हो।

ओमानमा हुने विश्वकपको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुने छ।

छनोट खेलमा सहभागी हुन ओमान जानुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, "विगतमा जस्तो हामी विश्वकप खेल्न १० वर्ष लगाउँदैनौँ। हाम्रो लक्ष्य विश्वकपमा लगातार छनोट हुनु हो।"

प्रतिस्पर्धा कोसँग

गत चैत्रमा हङ्‌कङमा सम्पन्न चारदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग तीन रनले पराजित हुन पुगेको थियो।

पछिल्लो समय कुवेती टोली पनि कमजोर देखिएको छैन। विश्वकप छनोट खेल्नुअघि ओमनमा खेलिएका दुई अभ्यास खेलमा पनि कुवेत विजयी भयो।

छनोट खेलहरूमा नेपालको प्रतिस्पर्धा यूएई, ओमान, मलेशिया र पपुवा न्यूगिनी हुने छ।

"कुनै पनि टोलीलाई कमजोर आँक्ने कुरा हुँदैन। हामी सतर्क छौँ," नेपाली टोलीका महत्त्वपूर्ण खेलाडी सोमपाल कामी भन्छन्।

तीन टोलीलाई अवसर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यसपालि छनोट शैली परिवर्तन गर्दै पूर्वी एशिया र एशियालाई एउटै छनोट प्रतियोगितामा राखेको छ।

विगतमा पूर्वी एशियाली टोलीहरू यो छनोटमा सहभागी हुन्नथे भने एशियाबाट दुइटा टोली विश्वकप खेल्न छानिन्थे। अहिले पूर्वी एशिया र एशियाका टोलीलाई एकै ठाउँमा मिसाएर नौ टोलीबीच प्रतिस्पर्धा गराइएको छ।

अब तीन टोली विश्वकपका लागि छनोट हुने छन्। यसबाट नेपाललाई फाइदा पुग्ने देखिन्छ। किनकि विगतमा सेमिफाइनलभन्दा माथि बढ्न नपाउने अवस्था उत्पन्न हुँदा टोलीले एशिया छनोटबाट बाहिरिनुपर्ने हुन्थ्यो।

सन् २०२२ को छनोट प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग पराजित भएर नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो। सन् २०२४ को विश्वकपको छनोटमा यूएईल पनि मूलपानीको मैदानमा त्यस्तै अवस्था भोग्नुपरेको थियो।

तीन समूहमा प्रतिस्पर्धा

ओमानको अल अमेरात क्रिकेट मैदानमा १० दिनसम्म चल्ने प्रतिस्पर्धामा सहभागी राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ।

समूह 'ए' मा मलेशिया, कतार र युएई छन् भने समूह 'बी' मा नेपाल, कुवेत र जापान अनि समूह 'सी' मा ओमान, सामोआ र पपुवा न्यूगिनी छन्।

प्रत्येक समूहबाट दुई-दुईवटा टोली अघिल्लो चरणमा पुग्ने छन्। 'सूपर सिक्स'मा भने समूह चरणमा खेलिसकेका टोलीहरूबीच फेरि प्रतिस्पर्धा हुँदैन।

त्यहाँ 'सूपर सिक्स'बाट शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छानिने छन्।

नेपालको तयारी

नेपालले यसपालि विश्वकप छनोटको लागि बलियो तयारी गरेको देखिएको छ। खेलाडीहरूले पनि प्रभावकारी प्रदर्शन गरेका छन्। परिणाम पनि सुखद देखिँदै आएको छ।

नेपालले ओमानको मैदानमा आयोजित दुई अभ्यास खेलमा ओमान र कतारलाई सहजै पराजित गर्न सक्यो। त्यसअघि यूएईमा वेस्ट इन्डिजसँग खेलेको पहिलो द्विपक्षीय टी-२० शृङ्खला जित्न सफल भयो। त्यो जितले टोलीका सदस्यहरूको आत्मबल ह्वात्तै बढाइएदिएको छ।

नेपाल क्रिकेट सङ्घ क्यानले गरेको लामो तयारीका कारण यस्तो प्रतिफल निस्किएको ठानिन्छ। गत एप्रिलमा नेपालले हङ्‌कङमा गएर चारदेशीय शृङ्खला खेल्यो। स्कटल्यान्डमा विश्वकप लीग-२ को खेल सकिएपछि स्कटल्यान्ड र आयरल्यान्डसँग टी २० शृङ्खला खेल्यो।

गत भदौ महिनामा भएको अस्ट्रेलियाको भ्रमण पनि खेलाडीहरूका लागि निकै फलदायी देखियो।

त्यहाँ खेलाडीहरूले खेलेको टप एन्ड टी–२० शृङ्खलामा अस्ट्रेलियाको बिग ब्याश लीगका अक्याडमी टोलीहरू सम्मिलित थिए भने नेपालले पाकिस्तान 'ए' सँग पनि खेल्ने मौका पाएको थियो।

यी सबै तयारी र अनुभवबाट खारिएको नेपाली टोलीले अब नतिजा दिने बेला आइसकेको छ। त्यसको आरम्भ कुवेतसँग हुने खेलबाट हुने छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...

सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।  मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...

प्रचण्ड-माधव पार्टी एकता गरेपछि समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...

देशभर मौसम सफा रहने, कोशी र बागमतीमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...

प्रचण्ड-माधवसँग आज मिसिँदै भीम रावल, नारायणकाजीपछिको छैटौँ वरीयतामा रहने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ।  राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ ।  गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।  यस वर्ष प्रदर्शनमा आएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending