Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

माहुरीपालन गरेर यसरी भगाउन सकिन्छ जङ्गली हात्ती

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्‍याउने गरेको छ ।

खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो । आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर हात्तीको बथान भाग्दैन । पेटभर टन्न खाएर मात्रै हात्ती निकुञ्ज र त्यस आसपासका वन क्षेत्रमा फर्कने गर्दछन ।

पुनः साँझ नपर्दै हात्तीको बथान खेतमा छिर्ने गरेका छन् । यो क्रम बाली नभित्र्याउँदासम्म चलिरहन्छ । जसबाट मानवीय क्षति, भौतिक क्षति हुनसक्ने सम्भावना उत्तिकै प्रवल बन्दै गएको हात्ती प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

पुराना परम्परागत तरिकाले हात्ती भगाउन सकिने अवस्था नरहेपछि स्थानिय किसान हात्ती भगाउने विकल्पको खोजीमा रहेका छन् । सामुदायिक वन राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव तथा वन्यजन्तुका जानकार पुनाराम चौधरीका अनुसार हात्ती प्रवेश गर्ने क्षेत्रमा माहुरीपालन उत्तम विकल्प हुन सक्दछ ।

“माहुरी भएको ठाउँ नजिकै हात्तीनै आउँदैन”, उनले भने “माहुरीको भुनभुन आवाज हात्तीलाई पटक्कै मन पर्दैन त्यै भएर नजिकै आउँदैनन् ।” लालझाडी गाउँपालिका४ डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा यसको प्रयोगलार्ई सफलतापूर्वक लागू गरिएको उनको भनाइ रहेको छ ।

पहिले नियमित रूपमा हात्ती प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्ती त्यस बाटो प्रयोग गर्न छाडेको उनले बताए । “दशकअघि गरिएको यो प्रयोग सफल भएको थियो”, उनले भने, “स्थानीय समुदायलले यसलाई निरन्तरता दिएनन, पुनः हात्तीको समस्या झेल्न बाध्य छन् ।”

“माहुरीपालनले हात्ती भगाउन मात्र होइन, स्थानीय बासिन्दाले माहुरीको मह बेचेर आयआर्जनमा ठूलो सहयोग पुग्छ”, चौधरीले भने, “त्यसैले यो उपायलाई विस्तार गर्नुपर्छ ।” उनका अनुसार, नेपाल–भारत वन्यजन्तुसम्बन्धी भारतीय समुदायबीच भएको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोविल र तमाखुको मिश्रण गरी डोरीलाई तावरका रुपमा प्रयोग गर्ने सुझाव आएको थियो ।

विसं २०७४ तिर भारतीय समुदायसँग छलफलपछि सो उपायलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा परीक्षण गरिएको थियो ।

“जुटको डोरीमा खुर्सानी, मोविल र तमाखुको मिश्रण दल्यौँ, त्यसलाई तारबारझै तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौँ”, चौधरीले सम्झिए, “त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो ।” हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको र हात्तीले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताए । मिश्रणको गन्ध टाढासम्म पुग्ने र डोरीमा हात्तीले शरीर छुँदा पोल्ने भएकाले हात्ती नजिक आउनै डराउने गरेको पाइएको उनले उल्लेख गरे ।

तेस्रो विकल्पका रूपमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्न सकिन्छ । मिन्था, क्यामामाइललगायतका जडीबुटी खेतीले हात्तीलाई टाढा राख्ने मात्र होइन, किसानलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ । तर, यसको लागि बजारको स्थायी व्यवस्थापन आवश्यक रहेको छ ।

“विगतमा दातृ निकायको सहयोगमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीसँगै प्रशोधन गर्ने मेसिनसम्म जडान गरेर दिएका थिए”, सुनदेवी उपभोक्ता समितिका हवल्दार चौधरीले भने, “बजार नपाएपछि किसानले खेती गर्ननै छाडेका छन्, मेसिन खिया लागेर थन्किएका छन् ।”

हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानका लागि चुनौती बनेको छ । तर, माहुरीपालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न सकिए हात्तीलाई सहजै खेतबारीबाट टाढा राख्न सकिने देखिएको छ । यसले किसानको बाली पनि जोगाउनेछ, । उनीहरूको आयआर्जन बढाउनेछ र मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विज्ञहरूको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending