Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

माहुरीपालन गरेर यसरी भगाउन सकिन्छ जङ्गली हात्ती

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्‍याउने गरेको छ ।

खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो । आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर हात्तीको बथान भाग्दैन । पेटभर टन्न खाएर मात्रै हात्ती निकुञ्ज र त्यस आसपासका वन क्षेत्रमा फर्कने गर्दछन ।

पुनः साँझ नपर्दै हात्तीको बथान खेतमा छिर्ने गरेका छन् । यो क्रम बाली नभित्र्याउँदासम्म चलिरहन्छ । जसबाट मानवीय क्षति, भौतिक क्षति हुनसक्ने सम्भावना उत्तिकै प्रवल बन्दै गएको हात्ती प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

पुराना परम्परागत तरिकाले हात्ती भगाउन सकिने अवस्था नरहेपछि स्थानिय किसान हात्ती भगाउने विकल्पको खोजीमा रहेका छन् । सामुदायिक वन राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव तथा वन्यजन्तुका जानकार पुनाराम चौधरीका अनुसार हात्ती प्रवेश गर्ने क्षेत्रमा माहुरीपालन उत्तम विकल्प हुन सक्दछ ।

“माहुरी भएको ठाउँ नजिकै हात्तीनै आउँदैन”, उनले भने “माहुरीको भुनभुन आवाज हात्तीलाई पटक्कै मन पर्दैन त्यै भएर नजिकै आउँदैनन् ।” लालझाडी गाउँपालिका४ डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा यसको प्रयोगलार्ई सफलतापूर्वक लागू गरिएको उनको भनाइ रहेको छ ।

पहिले नियमित रूपमा हात्ती प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्ती त्यस बाटो प्रयोग गर्न छाडेको उनले बताए । “दशकअघि गरिएको यो प्रयोग सफल भएको थियो”, उनले भने, “स्थानीय समुदायलले यसलाई निरन्तरता दिएनन, पुनः हात्तीको समस्या झेल्न बाध्य छन् ।”

“माहुरीपालनले हात्ती भगाउन मात्र होइन, स्थानीय बासिन्दाले माहुरीको मह बेचेर आयआर्जनमा ठूलो सहयोग पुग्छ”, चौधरीले भने, “त्यसैले यो उपायलाई विस्तार गर्नुपर्छ ।” उनका अनुसार, नेपाल–भारत वन्यजन्तुसम्बन्धी भारतीय समुदायबीच भएको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोविल र तमाखुको मिश्रण गरी डोरीलाई तावरका रुपमा प्रयोग गर्ने सुझाव आएको थियो ।

विसं २०७४ तिर भारतीय समुदायसँग छलफलपछि सो उपायलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा परीक्षण गरिएको थियो ।

“जुटको डोरीमा खुर्सानी, मोविल र तमाखुको मिश्रण दल्यौँ, त्यसलाई तारबारझै तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौँ”, चौधरीले सम्झिए, “त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो ।” हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको र हात्तीले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताए । मिश्रणको गन्ध टाढासम्म पुग्ने र डोरीमा हात्तीले शरीर छुँदा पोल्ने भएकाले हात्ती नजिक आउनै डराउने गरेको पाइएको उनले उल्लेख गरे ।

तेस्रो विकल्पका रूपमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्न सकिन्छ । मिन्था, क्यामामाइललगायतका जडीबुटी खेतीले हात्तीलाई टाढा राख्ने मात्र होइन, किसानलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ । तर, यसको लागि बजारको स्थायी व्यवस्थापन आवश्यक रहेको छ ।

“विगतमा दातृ निकायको सहयोगमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीसँगै प्रशोधन गर्ने मेसिनसम्म जडान गरेर दिएका थिए”, सुनदेवी उपभोक्ता समितिका हवल्दार चौधरीले भने, “बजार नपाएपछि किसानले खेती गर्ननै छाडेका छन्, मेसिन खिया लागेर थन्किएका छन् ।”

हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानका लागि चुनौती बनेको छ । तर, माहुरीपालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न सकिए हात्तीलाई सहजै खेतबारीबाट टाढा राख्न सकिने देखिएको छ । यसले किसानको बाली पनि जोगाउनेछ, । उनीहरूको आयआर्जन बढाउनेछ र मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विज्ञहरूको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending