नेपालगन्ज। दसैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट हुँदैआएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो ।
भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि भारतबाट कुखुराको मासु र कुखुरा ल्याउन प्रतिबन्ध लगाईएको छ । भारतबाट हुँदैआएको भारतीय कुखुराको अवैध आयात नरोकिँदा बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको छ ।
खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले दैनिकजसो साइकल, मोटरसाइकल र गाडीमा भरेर अवैध कुखुरा नेपालगन्ज ल्याउने गरेको पाइएको छ । सो प्रकारको तस्करी राति या विहानको समय बढी हुनेगरेको छ ।
पछिल्लो समय शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि प्रहरीले नाकामा निगरानी बढाउँदा सीमा पारीबाट ल्याइएका कुखुरा र ल्याउने मानिस दुबैलाई नियन्त्रणमा लिन थालिएको छ ।
सो क्रममा आइतवार नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहमा भारतबाट अबैध रुपमा ल्याउँदैगरेको २५ हजार रुपियाँभन्दा बढीको अवैध ब्रोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जमुनाह गाउँ निवासी स्थानीय गणेश कवडीयाले चलाएको साईकलमार्फत ल्याइँदैगरेको ४० वटा ब्रोईलर कुखुरा बरामद गरेको छ । बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० बराबर रहेको उनले बताए ।
बरामद गरिएका कुखुरा तथा साईकलसहित कबडियालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएको पनि प्रहरी प्रवक्ता पातलीले बताए। उनले नाकामा कडाई सुरु गर्नुका साथै गस्ती समेत बढाइएकाले नाका पारीबाट हुने अवैध काम नियन्त्रण हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - १७:०७
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फ...
कार्तिक २७ गते, २०८२ - १६:२५
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नि...
कार्तिक २७ गते, २०८२ - १६:०५
काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्। ...
कार्तिक २७ गते, २०८२ - १५:३८
कावासोती। यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका ...
कार्तिक २७ गते, २०८२ - १५:३१
नेपालगन्ज। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । का...
कार्तिक २७ गते, २०८२ - १५:२४
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भ...
कार्तिक २७ गते, २०८२ - १५:११
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि काटिएका बिजुलीको लाइनमा १४ उद्योगले बक्यौता रकम बुझाएका छन्। प्रा...
कार्तिक २७ गते, २०८२ - १४:४४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। यो...
कार्तिक २७ गते, २०८२ - १४:२२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेको छिन्। प्रधानमन्त्री तथा मन्त्रि...
कार्तिक २७ गते, २०८२ - १३:५८
काठमाडौँ। सरकारले फिर्ता बोलाएका राजदूतहरुले क्रमश: राजीनामा दिन सुरु गरेका छन्। जेनजी आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ...




प्रतिकृया लेख्नुहोस्: