झापा । जेनजी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर (मेन्स रुम रिलोडेड) टिमले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई रु ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो ।
प्रदर्शनका क्रममा घाइते भएकामध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३० हजारका दरले सहयोग तथा एक जना घाइतेलाई रु २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिए ।
एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा बनेको उल्लेख गर्दै उनले त्यहाँ रहने नेपालीद्वारा सङ्कलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको बताए । उनका अनुसार एमआरआर टिम कोरियाले झापाका सहिद तथा घाइते परिवारलाई रु तीन लाख २० हजार वितरण गरेको छ ।
आज बिर्तामोड-५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर कोरियाले परिलो चरणको कार्यक्रम सम्पन्न गरिएको बताउँदै दसैँंलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी थिए । कोरियाको समन्वयमा एमआरआर टिमले गरेको सहयोग कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले प्रदर्शनका क्रममा घाइते भएकालाई आफूहरूले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताए । अस्पतालबाट घर पठाइएकलाईसमेत घरघरमा पुगेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ ।
सहिद राजवंशीलाई रु ५० हजार, गोली लागेर घाइते भएका सुमित शाहलाई रु २० हजार सहयोग गरेको छ भने अन्य सबै घाइतेको उपचारका लागि जनही रु ३० हजारका दरले आर्थिक सहयोग गरिएको एमआरआरले जनाएको छ ।
एमआरआरले सुसान रनापहेँली, रिजन दाहाल, राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरेको छ । कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले बताए ।
प्रदर्शनका क्रममा सहिद वा घाइते भएका अन्य कोही व्यक्तिको परिवारलाई आर्थिक सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्नसमेत उनले अनुरोध गरे । एमआरआर टिम कोरियाले झापासहित देशका अन्य जिल्लामा पनि सहयोग रकम वितरण गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: