Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न अझ धेरै काम आवश्यक

खबरडबली संवाददाता

साङ्घाई । चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीहरूलाई कठिनाइमा पारेको अमेरिका–चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।

वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँच दिने भ्रमणको अन्त्यमा भने, “यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्याहरू समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेदहरू हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।”

स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले साङ्घाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि पत्रकारहरूसँग कुरा गरेका थिए । उनीहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो ।

स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्गहरू खोल्नु रहेको बताए । उनले भने, “विश्वका दुई ठूला आणविक शक्तिहरूबीच विशेष गरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।”

प्रतिनिधिमण्डलले तीन दिनसम्मको बैठकमा बेइजिङमा प्रधानमन्त्री ली किआङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री डोङ जुनसहितका शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

यो भ्रमण सन् २०१९ पछि अमेरिकी कंग्रेसका सदस्यहरूको पहिलो चीन भ्रमण हो । सन् २०२३ मा अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना सुनाएको छ र आगामी वर्षको सुरुआतमा चीन भ्रमण गर्ने बताएको छ । तर चिनियाँ पक्षले बैठकको पुष्टि गरेको छैन । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending