मुस्ताङ। मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीमूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्ला भित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।
यस बर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा (च्यालुक), ७ हजार दुईसय १ च्याङ्ग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । त्यसैगरी मुगुबाट पाँचसय, जुम्लाबाट सातसय ७५, तिब्वत हुदै कोरला नाकाबाट पाँचसय ५० र डोल्पा जिल्लाबाट ५ हजार ९ सय भेडा च्याङ्ग्रा मुस्ताङ हुदै बाहिरिएको केन्द्रका प्रमुख डा। लालमणी अर्यालले बताए।
केन्द्र प्रमुख डा। अर्याल भन्न्छन्, ‘‘दशैमा बिक्री गर्ने भेडाच्याङ्ग्रा निकासी भइसकेको छ, मुस्ताङका किसानले गोठबाट र आफैले बेचेर मनग्य आम्दानी गर्नुभएको छ ।’’ केन्द्र प्रमुख डा। अर्यालका अनुसार अब दशैंका लागि फाटफुट बाहेक सबै थासाङ गाउँपालिकाको सिमाना घाँसाबाट बाहिरिएको छ ।
मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् । सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको बिक्री भएको केन्द्रका प्रमुख डा। अर्यालले बताए।
गत बर्षको तुलनामा करिब एक करोडभन्दा बढीको भेडा च्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गरेका छन् ।
मुस्ताङमा खरिद गर्न जाने ब्यापारीले कृषकबाट खरिद गरेको मूल्य लुकाउने गरेका छन् भने बजारमा रोज्जा भेडा च्याङ्ग्रालाई ४० हजार रुपियाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका कृषक आङ्ग्याल गुरूङले यसबर्ष १ करोड ५० लाखभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री गरेको बताए ।
कृषक गुरूङले भने, ‘‘मेहनत अनुसारको कमाइ छ, बजारबाट आउने ब्यापारीले मनपरी मूल्य गर्दा च्याङ्ग्रापालक कृषक मारमा परेका छन् ।’’ सामान्यत: एउटा भेडाच्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ ।
चरन क्षेत्र र गोठाला अभावले कृषकले बजारको मागअनुसार उत्पादन गर्न सकेका छैनन् । नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरिएकाले मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभरी एकसय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा छन् । कृषकले बिक्री योग्य च्याङ्ग्रा मात्र बजारमा पठाउँ छन् ।
दशैंपछि तिहारका लागि समेत करिब ४ देखि ५ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राले विषेशगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - ११:१६
मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...
श्रावण ७ गते, २०८३ - ११:०७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो । नेपाल सुनचाँदी...
श्रावण ७ गते, २०८३ - ११:०१
तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...
श्रावण ७ गते, २०८३ - १०:४३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसाय...
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...



प्रतिकृया लेख्नुहोस्: