काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हटलाइन सेवा पुनः सुरु गरेको छ । स्वास्थ्य सेवा प्रवाहमा हुने ढिलासुस्ती, कर्मचारीको लापरबाही वा अन्य कुनै पनि समस्याका लागि गुनासो सुनुवाइका लागि मन्त्रालयले हटलाइन सेवा सुरु गरेको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज एक सूचना जारी गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि गुनासो, सुझाव वा प्रतिक्रिया भए तोकिएका माध्यमबाट जानकारी गराउन अनुरोध गरेका छन् ।
यो संयन्त्र मन्त्रालय तथा यस मातहतका विभाग, केन्द्र र अस्पतालहरूबाट प्रवाह हुने सेवामा केन्द्रित हुने जनाइएको छ । कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यका लागि दबाब दिएको तथा सेवा प्रवाहमा परेका कठिनाइहरूबारे यो सेवामार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद हुनसक्ने जनाइएको छ ।
कोभिड महामारीको समयमा समेत प्रभावकारी रूपमा सञ्चालनमा रहेको यो संयन्त्रलाई पारदर्शिता र जबाफदेहिता थप सुदृढ बनाउन पुनः स्थापित गरिएको मन्त्रालयले जनाएको छ । गुनासो, सुझाव वा प्रतिक्रिया दिनका लागि निम्न माध्यमहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
हटलाइन नम्बर: १११५
भाइवर तथा ह्वाट्सएप नम्बर: ९८५१३३०५९२
इमेलः info@mohp.ov.np
प्रवक्ताको सम्पर्क नम्बर: ९८५१२५५८३८
सूचना अधिकारीको सम्पर्क नम्बर: ९९५१३६३७५६
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...




प्रतिकृया लेख्नुहोस्: