Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इरानको कार्पेट उद्योग सङ्कटमा, युवाको रुचि घट्दै

खबरडबली संवाददाता

तेहरान । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ ।

आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ । सन् १९९० को दशकमा वार्षिक दुई अर्ब डलरभन्दा बढी निर्यात गर्ने इरानी कार्पेट उद्योग अहिले घटेर करिब ४० लाख डलरमा सीमित भएको छ, जुन ९५ प्रतिशतभन्दा बढीको गिरावट हो ।

सन् २०१८ मा अमेरिकाले प्रतिबन्ध पुनः लगाएपछि, इरानले आफ्नो सबैभन्दा ठूलो कार्पेट बजार गुमायो । त्यसअघि अमेरिकी बजारमा इरानी हस्तबुनिएका कालीनको ७० प्रतिशत हिस्सा थियो । इरानको राष्ट्रिय कालीन केन्द्रकी प्रमुख, जहरा कामानीका अनुसार,“अमेरिकाको निर्दयी र कठोर प्रतिबन्धका कारण हामीले आफ्नो प्रमुख बजार गुमायौं ।”

वैश्विक प्रतिस्पर्धा

सन् २०१७ मा यो उद्योगले अझै ४०० लाख डलरभन्दा बढीको निर्यात गरिरहेको थियो, तर हालको तथ्याङ्क अनुसार सन् २०२४/२५ मा निर्यात घटेर ४१.७ लाख डलरमा झरेको छ । इरानका कार्पेट अहिले जर्मनी, संयुक्त अरब इमिरेट्स, जापान र चीनजस्ता देशमा निर्यात हुन्छन् । तर यता, भारत, नेपाल, पाकिस्तान र चीनले सस्तो दरमा कालीन उत्पादन गरी बजार कब्जा गरिरहेका छन् । केहि विदेशी कालीन त इरानमै पुनः आयात भइरहेका छन् ।

उद्योगमा आश्रित लाखौं जीवन

कामानीका अनुसार, इरानमा झण्डै २० लाख मानिस यो उद्योगमा निर्भर छन् । तिनीले दैनिक केबल केही डलर आम्दानी गर्ने गर्दछन् । व्यापारी हामेद नबीजादेहले भने, “भारत, टर्कीए र चीनबाट इरानमा कालीन आयात भइरहेको छ, जसका कारण घरेलु बिक्रीमा ठूलो गिरावट आएको छ ।”

पर्यटनमा गिरावट

पहिले-पहिले विदेशी पर्यटकले स्मरणीय उपहारको रूपमा इरानी कालीन किन्थे । तर हाल अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनु र यात्रा चेतावनीहरूका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । “आजकाल पर्यटकलाई हाम्रो कार्पेट मन नपर्न सक्छ । मूल्य पनि धेरै महँगो लाग्छ,” नबीजादेहले भने । “३०-४० हजार डलर पर्ने रेशमी कालीन आजको युरोपेली ग्राहकले किन्ने अवस्था छैन ।”

अर्थनीति र सरकारी समर्थनको अभाव

विशेषज्ञका अनुसार उद्योगमा गिरावटको मूल कारणमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, विदेशी मुद्रासँग सम्बन्धित त्रुटिपूर्ण नीति, उच्च उत्पादन लागत र सरकारी बेवास्ता जिम्मेवार छन् । व्यापारमन्त्री मोहम्मद अताबकले भने, “हामीले केही अन्तर्राष्ट्रिय बजार गुमाएका छौं, तर नयाँ व्यापार सम्झौता र नीतिको सहायताले उद्योगलाई पुनः जिवन्त बनाउन सकिन्छ ।” “कालीन आधुनिक आन्तरिक सजावटको रुचिअनुसार बनाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत ब्रान्डिङ र अनलाइन ग्राहकहरू तान्ने प्रयास गर्नु आवश्यक छ ।”

घरेलु बजार पनि धराशायी

डलरको तुलनामा इरानी मुद्रा अत्यधिक कमजोर बनेपछि घरेलु ग्राहक पनि हस्त बुनिएको कालीन किन्न असमर्थ छन् । ३१ वर्षीया विवाहको तयारीमा रहेकी शीमा भनिन्, “मैले सधैं आफ्ना दाइजोमा हातले बुनेको कालीन चाहन्थें, तर परिवारले किन्ने सक्दैन । त्यसको सट्टा हामीले कारखानामा बनेको कालीन किनेका छौं ।” “आजकाल धेरै परिवारहरू सस्तो मूल्यका यान्त्रिक कालीन रोजिरहेका छन्, या त केहीले त कालीन नै किन्न छोडेका छन्,” उनले थपिन । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending