सियोल । दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल लमार्फत पतिलाई पदबाट हटाइएपछि पहिलो पटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गरेकी हुन् ।
किमलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचार लगायतका आरोपमा पक्राउ गरिएको थियो । उनि गार्डको बिचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित थिइन् । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उन अदालतमा देखिइन ।
पहिचान र पेशा पुष्टि गर्ने क्रममा उनले संक्षिप्त जवाफ दिइन् भनिन्, “म बेरोजगार छु ।” उनले जन्ममिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गरिन । यो मुद्दाले दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेष गरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा वामपन्थी पादरीसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा छन् ।
उनिमाथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानून उल्लङ्घन गरेको आरोपसमेत छ । कानूनी विज्ञका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ । राष्ट्रपतिको हैसियतमा युनले संसद्ले पारित गरेका किमविरुद्धका तीन विशेष अनुसन्धान विधेयकलाई भिटो गरेका थिए । अन्तिम भिटो नोभेम्बरमा जारी गरेपछि एक सातामै उनले मार्सल ल घोषणा गरेका थिए । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: