Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

देशभर ४५ जिल्लामा सहुलियत पसल : कुन सामानमा कति रुपैंयाँ छुट ?

खबरडबली संवाददाता

काठमाडौँ। देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दसैँ, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार काठमाडौँ उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र तथा ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सहुलियत पसल सञ्चालनमा छन् । वार्षिक स्वीकृत कार्यक्रम बजेटको सीमाभित्र रही घटस्थपनाको एक साता अघि अर्थात् भदौ ३० गतेदेखि छठ पर्वसम्म खाद्य कम्पनीका वस्तुहरूको मूल्यमा केही छुट गरी बिक्री वितरण गरिएको उनको भनाइ छ । 

प्रतिकिलो पाँच रुपियाँ छुट

उनका अनुसार सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । यसैगरी, चिनी तथा सबै किसिमका दालहरू, चना, भटमास, केराउ तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपियाँ छुट  दिइएको छ । 

प्रतिकिलो सात रुपियाँ छुट

सबै किसिमका खाने तेल (तोरी, सनफ्लावर, भटमासको तेल) मा प्रतिलिटर सात रुपियाँ तथा चिउरा, आटा, पिठो, मैदामा पनि प्रतिकिलो सात रुपियाँ छुट दिइएको उहाँको भनाइ छ ।

प्रतिकिलो दस रुपियाँ छुट

यसैगरी, चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलो दस रुपियाँ छुट छ ।  जिउँदो खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकिलो दस रुपियाँ छुट दिइएको छ ।

उनका अनुसार देशका ४५ जिल्लाका एक सय ११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गरेको छ । 

४५ जिल्लाहरूमा झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लमजुङ, मनाङ, जोमसोम, रूपन्देही, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, सुर्खेत, रुकुम पश्चिम, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला, कन्चनपुर, अछाम लगायतका जिल्लामा सहुलियत पसल सञ्चालनमा छन् ।  

मिश्रले भने, “सुपथ मूल्य पसल ४५ जिल्लाको एक सय ११ स्थानमा सञ्चालनमा छन् । उपभोक्ताको उपस्थिती पनि एकदम राम्रो छ । दैनिक एक करोडभन्दा बढीको कारोबार भएको छ ।”

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङ्गले काठमाडौँ उपत्यकाभित्र १२ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । यस्तै, देशभरमा आफ्ना कार्यालय रहेका स्थानमा साल्ट ट्रेडिङ्गले सहुलियत पसल सञ्चालन गरेको छ । 

राजभण्डारीले कालीमाटी, सतुङ्गल, कोटेश्वर, काँडाघारी, कौशलटार, जावलाखेल, सिफल, कपन, बालाजु, इमाडोल, महाराजगन्जलगायतका स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । 

उनले भने, “काठमाडौँ उपत्यकाको १२ स्थानमा छ । गएको भदौ ३० गतेदेखि नै सुपथ पसल सुरु भइसकेको छ । चिनीमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपियाँ, तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिइएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending