चितवन। मङ्गलबार दिउँसो ठुलो पहिरो गएपछि मुग्लिन-नारायणगढ सडकखण्ड कहिले सञ्चालनमा आउने भन्ने अनुमान गर्न सकिएको छैन ।
सडकखण्डको तुइनखोलमा पहाडको एउटा ठुलै भाग सडकमा खसेपछि मङ्गलबार दिउँसो ३ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले १४ हजार घनमिटर भन्दा धेरै सामग्री थुपारेको कारण पन्छाउन कति समय लाग्ने अनुमान गर्न नसकिएको बताए।
“यस सडकखण्डमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ,” उनले भने, “पन्छाउने कामलाई निरन्तरता दिएका छौं तर कती समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आए लगतै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गोविन्द पुरी सहितको टोलीले मुग्लिन जादै गरेका यात्रुलाई फर्काएर नारायणगढ ल्याएको थिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “पहिरोले यात्रु रोकिएपछि प्रहरीको वसबाट फर्काएर नारायणगढ ल्याएका छौं । छिटो यातायात सञ्चालनको लागि प्रयत्न छौं तर कहिले खुल्छ भन्न सकिने अवस्था छैन ।” दिउँसो ४ बजेदेखि पहिरो स्थलमा खटिएका अर्याल सहितको सुरक्षा प्रमुखको टोली राति १ बजे फर्केको थियो । वुधबार विहान फेरी घटना स्थल पुगेर राजमार्ग खुलाउने प्रयासमा लागेको अर्यालले जानकारी दिए।
अझैपछि पहिरो गएको स्थलमा माथिबाट स(साना पहिरो आइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेपछि झर्न बाँकी रहेका ढुङ्गाहरू पूर्णरुपमा तल नझरिसकेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी आचार्यले बताए।
अझै साना तथा मझौला स्तरका ढुङ्गाहरू झर्न सक्ने सम्भावना रहेको छ । कार्यालयका उपकरणहरु आफू सुरक्षित रहँदै निरन्तर रुपमा पहिरो सफा गर्ने कार्यमा लागि रहेको जानकारी दिनुभयो । पहिरो पन्छ्याउन समय लाग्ने हुँदा वैकल्पिक राजमार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तत्काल मुग्लिनको बाटो सञ्चालन गर्न नसकिने भएकाले राजधानी आउन जान अन्य बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
राजधानी काठमाडौंबाट तराइ आएका सवारीसाधन मुग्लिनमा रोकिएका छन् । बाटो खुल्ने अनिश्चित भएपछि यात्रुको विचल्ली भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: