म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा मौसम सफा हुनासाथ पर्यटकको चहलपहल बढेको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी र विदेशी पदयात्रीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको नारच्याङका पर्यटन व्यवसायी तथा पदमार्गका अभियन्ता तेज गुरुङले बताए । नारच्याङको बेंसी गाउँबाट सुरुवात हुने यो पदमार्ग हुँदै चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविर पुग्न सकिन्छ ।
हाल दैनिक ३० देखि ५० जना पदयात्री आधार शिविर पुगिरहेका छन् । पर्यटकको सुविधाका लागि हुमखोलादेखि आधार शिविरसम्म स्थानीय युवाले होटल, रेस्टुरेन्ट र क्यापिङ स्थल सञ्चालन गरेका छन् । दसैँ–तिहारको बिदा सुरु भएसँगै पर्यटकको संख्या अझ बढ्ने गुरुङको अनुमान छ ।
बेंसी गाउँदेखि करिब दुई घण्टा सवारीसाधनको यात्रापछि हुमखोलाबाट पदमार्ग सुरु हुन्छ । त्यहाँबाट दुई दिनमा सहजै आधार शिविर पुग्न सकिन्छ । मिस्त्रीखोलाको किनारै किनार यात्रा गर्दा झरना, हिमश्रृङ्खला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।
आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण गरिएको छ । गाउँपालिकाको अनुमति लिएर स्थानीय युवाले फुतफुते झरनामा चिया पसल, सांधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल वरपर क्यापिङ सञ्चालन गरेका छन् ।
यसले पर्यटकलाई खान, बस्न सहज बनाउनुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर बढाएको गुरुङले बताए । पोखरेबगरदेखि २२ किलोमिटर सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेर त्यहाँबाट २१ किलोमिटर पैदल हिँड्दा आधार शिविरमा पुगिन्छ । फुतफुते झरना, पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र पछिल्ला वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: