बेइजिङ । चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् । रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको उनले बताए ।
वासिङ्टनको सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्रेट एडम स्मिथले बेइजिङमा पत्रकारलाई चीनले विश्व शक्तिसँग ‘द्वन्द्व निवारणका लागि थप संवाद गर्नुपर्ने’ धारणा राखे । “हाम्रा जहाज र विमान तिनीहरूको जहाज र विमानसँग धेरै नजिक आउँदैछन् । द्वन्द्व टार्न अझ राम्रो संवाद आवश्यक छ”, उनले अमेरिकी दूतावासमा भने ।
चार सदस्यीय प्रतिनिधिमण्डलमा डेमोक्रेट रो खन्ना र क्रिसी हौलहानसँगै रिपब्लिकन सांसद माइकल बाउमगार्टनर पनि छन् । समूहले सोमबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरी ‘मतभेदमार्फत काम गर्ने’ र संवाद बढाउने विषयमा छलफल गरेको थियो । डोङले आपसी सम्बन्धमा ‘विघटनकारी कारकहरू हटाउन’ आग्रह गरेको चीनको सिन्ह्वा एजेन्सीले जनाएको छ ।
मङ्गलबार अन्य सांसद र अमेरिकी राजदूत डेभिड पड्र्युसँगै बोल्दै स्मिथले भने, “एआई, ड्रोन, साइबर र अन्तरिक्ष युद्ध तीव्र गतिमा विकसित भइरहेका छन् । क्षमताको गलत बुझाइको जोखिम ठूलो छ, त्यसैले स्पष्ट संवाद अत्यावश्यक छ ।”
– कर र टिकटक –
द्विदलीय प्रतिनिधिमण्डल राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको केही दिनपछि चीन पुगेको हो ।
ट्रम्पले आगामी महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सीसँग भेट्ने र अर्को वर्ष चीन भ्रमण गर्ने बताएको छ । सीले पनि कुनै समयमा अमेरिकाको भ्रमण गर्नेछन्।
यसअघि दुवै देशले एकअर्काविरुद्ध भन्सार शुल्क बढाउँदा आपूर्ति शृङ्खला प्रभावित भएको थियो । पछि वासिङ्टन र बेइजिङबीच सम्झौता भई अमेरिकी आयातमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क घटाएका थिए । तर यो सम्झौता नोभेम्बरमा समाप्त हुनेछ ।
स्मिथ नेतृत्वको टोलीले सोमबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापार वार्ता, फेन्टानिल, महत्त्वपूर्ण खनिज र टिकटकको भविष्यबारे छलफल गरेको थियो ।
ह्वाइट हाउसका अनुसार टिकटकको अमेरिकी संस्करणले एल्गोरिदमको घरेलु मोडेल प्रस्तुत गर्नेछ, जसले अमेरिकामा चिनियाँ स्वामित्वको प्लेटफर्म सञ्चालनको अवरोध हटाउन सक्छ । तर स्मिथले ‘यो मुद्दा अझै सतप्रतिशत समाधान भएको छैन’ नेका छन् ।
प्रतिनिधिमण्डलले चीनको नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी र विदेशमन्त्री वाङ यीलाई समेत भेट्ने कार्यक्रम छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: