Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारीमा उल्लेखनीय कमी

खबरडबली संवाददाता

कावासोती । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको चोरीसिकारीका घटना उल्लेखनीय रूपमा घटेका छन् । लामो समयदेखि गैँडाको सिकार नहुँदा संरक्षणमा सकारात्मक संकेत देखिएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अन्तिम पटक २०८० कात्तिक ३० गते चपरचुली क्षेत्रमा तस्करले जङ्गलमा खाडल खनेर दुई वटा गैँडाको ज्यान लिएका थिए । त्यसयता प्राकृतिक कारणबाहेक तस्करीका घटना भएका छैनन् ।

सो घटनापछि मङ्सिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन चलिरहेकै बेला नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त अभियानमा आठ जना तस्कर पक्राउ परेका थिए । समितिको प्रतिवेदनअनुसार सुरक्षा रणनीति परिवर्तन भएपछि सोमबारसम्म चितवनमा शून्य चोरीसिकारीको ६७५ दिन पुगेको थापामगरले बताए ।

निकुञ्जको सुरक्षामा हाल नेपाली सेनाको नयाँ गोरख गण खटिएको छ । नेपाली सेना र निकुञ्ज प्रशासनले संयुक्त रूपमा गस्ती र आवश्यक अपरेसन सञ्चालन गर्दै आएका छन् । हाल निकुञ्जभित्र ५३ सुरक्षा पोस्ट छन्, प्रत्येकमा करिब १२ सैनिक तैनाथ छन् ।

गत २२ महिनादेखि चोरीसिकारीका कारण कुनै गैँडाको मृत्यु नभए पनि प्राकृतिक कारणले मात्रै पछिल्लो एक वर्षमा २८ गैँडा मरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा दुई गैँडा प्राकृतिक कारणले र एउटा खेतमा लगाइएको करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार वयस्क हुँदै जानु, अन्य जनावरको आक्रमण, आपसी झडप, बाढी, वासस्थानको कमी, नदी साँघुरिनु, पोखरी सुक्नु, दलदल बन्नु र जलवायु परिवर्तनजस्ता कारणले पनि गैँडा मर्ने गरेका छन् । नारायणी र राप्तीजस्ता ठूला नदी भएका कारण बाढीको जोखिम निकुञ्जमा उच्च छ, तर बाढीले कति गैँडा बगाएको यकिन तथ्याङ्क छैन ।

वासस्थान व्यवस्थापन र आनुवंशिक विविधता बढाउन २०८१ मा पश्चिम चितवन (पूर्वी नवलपरासी) बाट पूर्वी क्षेत्रमा १० गैँडा सारिएको थियो । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा छन्, जसमा ६९५ गैँडा चितवनमै छन् । बाँकी पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पाइन्छन् ।

यसैबीच आज विश्व गैँडा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । गैँडा संरक्षणलाई सशक्त बनाउन सन् २०१० देखि प्रकृतिका लागि विश्वव्यापी कोषले यो दिवस मनाउँदै आएको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending