कावासोती । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको चोरीसिकारीका घटना उल्लेखनीय रूपमा घटेका छन् । लामो समयदेखि गैँडाको सिकार नहुँदा संरक्षणमा सकारात्मक संकेत देखिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अन्तिम पटक २०८० कात्तिक ३० गते चपरचुली क्षेत्रमा तस्करले जङ्गलमा खाडल खनेर दुई वटा गैँडाको ज्यान लिएका थिए । त्यसयता प्राकृतिक कारणबाहेक तस्करीका घटना भएका छैनन् ।
सो घटनापछि मङ्सिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन चलिरहेकै बेला नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त अभियानमा आठ जना तस्कर पक्राउ परेका थिए । समितिको प्रतिवेदनअनुसार सुरक्षा रणनीति परिवर्तन भएपछि सोमबारसम्म चितवनमा शून्य चोरीसिकारीको ६७५ दिन पुगेको थापामगरले बताए ।
निकुञ्जको सुरक्षामा हाल नेपाली सेनाको नयाँ गोरख गण खटिएको छ । नेपाली सेना र निकुञ्ज प्रशासनले संयुक्त रूपमा गस्ती र आवश्यक अपरेसन सञ्चालन गर्दै आएका छन् । हाल निकुञ्जभित्र ५३ सुरक्षा पोस्ट छन्, प्रत्येकमा करिब १२ सैनिक तैनाथ छन् ।
गत २२ महिनादेखि चोरीसिकारीका कारण कुनै गैँडाको मृत्यु नभए पनि प्राकृतिक कारणले मात्रै पछिल्लो एक वर्षमा २८ गैँडा मरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा दुई गैँडा प्राकृतिक कारणले र एउटा खेतमा लगाइएको करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार वयस्क हुँदै जानु, अन्य जनावरको आक्रमण, आपसी झडप, बाढी, वासस्थानको कमी, नदी साँघुरिनु, पोखरी सुक्नु, दलदल बन्नु र जलवायु परिवर्तनजस्ता कारणले पनि गैँडा मर्ने गरेका छन् । नारायणी र राप्तीजस्ता ठूला नदी भएका कारण बाढीको जोखिम निकुञ्जमा उच्च छ, तर बाढीले कति गैँडा बगाएको यकिन तथ्याङ्क छैन ।
वासस्थान व्यवस्थापन र आनुवंशिक विविधता बढाउन २०८१ मा पश्चिम चितवन (पूर्वी नवलपरासी) बाट पूर्वी क्षेत्रमा १० गैँडा सारिएको थियो । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा छन्, जसमा ६९५ गैँडा चितवनमै छन् । बाँकी पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पाइन्छन् ।
यसैबीच आज विश्व गैँडा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । गैँडा संरक्षणलाई सशक्त बनाउन सन् २०१० देखि प्रकृतिका लागि विश्वव्यापी कोषले यो दिवस मनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: