विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको प्रदेशसभा हल ध्वस्त भएपछि तत्काल बैठक बस्न नसक्ने भएपछि वैकल्पिक स्थानको खोजी सुरु भएको छ । कटहरीस्थित कृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई वैकल्पिक स्थलको रूपमा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।
मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको सर्वदलीय बैठकले प्रदेशसभा अधिवेशन दसैँअघि बोलाउन असम्भव रहेको निष्कर्ष निकालेको छ । बैठकले दसैँपछि पुनः बैठक बसेर अधिवेशनको मिति तय गर्ने सहमति पनि गरेको छ ।
बैठकमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले उपयुक्त सभा हलको व्यवस्था नभएकाले तत्काल बैठक सम्भव नभएको बताए । “यसअघि बैठक बस्दै आएको स्थानमा आगजनी भएकाले नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले चाडपर्व नजिकिएकाले र सभा हलको व्यवस्थापन नहुँदा दसैँअघि बैठक बस्नु सान्दर्भिक नहुनेमा सबै दलको एकमत रहेको जानकारी दिए । बैठकले वैकल्पिक सभा हलको तत्काल व्यवस्था र आवश्यक बजेटको प्रबन्ध गर्न प्रदेश सरकारलाई सुझाव दिने निर्णय पनि गरेको छ ।
अत्यावश्यक परिस्थिति सिर्जना भएमा दसैँ र तिहारको बीचमा बैठक बस्न सकिने, नभए तिहारपछि मात्र बैठक हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । बैठकमा प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना राई, मन्त्री रेवतीरमण भण्डारी, मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिब्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचन पाठकलगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: