काठमाडौं । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब बढ्दै गएको छ । सरकारको नेतृत्वमै हुँदा ठूलो विद्रोह र ७४ जनाको ज्यान जाने घटनाले नेतृत्वमा ओली रहन नसक्ने धेरै नेता–कार्यकर्ताको निष्कर्ष छ ।
संगठित रूपमा बलियो बन्दै गएको यो धारणा मंगलबार पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि सार्वजनिक रूपमा व्यक्त गरे । फेसबुकमा उनले “सबै ठीकठाक थियो भन्ने भ्रम पाल्न नहुने” भन्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न आह्वान गरे ।
आन्दोलनपछि ओली केही दिन नेपाली सेनाको ब्यारेकमा बसेर संविधान दिवसको पूर्वसन्ध्यामा भक्तपुरको सूर्यविनायक–७, गुण्डुस्थित डेरामा फर्किएका छन् । त्यहाँ उनले एकै कम्पाउन्डभित्रका तीन घर भाडामा लिएर बसोबास गरेका छन्—एकमा उनी, अर्कोमा सुरक्षाकर्मी र तेस्रोमा युवा संघका नेता–कार्यकर्ता ।
संविधान दिवसमा पार्टी कार्यालयमा उपस्थित हुने अपेक्षा भए पनि ओली त्यहाँ गएनन् । बरु फेसबुकमार्फत् उनले घटनालाई ‘षड्यन्त्र’को संज्ञा दिँदै आफ्नो कमजोरीबारे कुनै स्वीकारोक्ति जनाएनन् ।
विद्रोहपछि ओलीले पार्टी कमिटीको कुनै बैठक बोलाएका छैनन् । उनले नेताहरूलाई छुट्टाछुट्टै भेटेर परिस्थिति ‘नाडी छाम्ने’ काम गरिरहेका छन् । केही पदाधिकारीका अनुसार ओलीले कसैलाई धम्क्याउने, कसैलाई फकाउने पुरानै शैली दोहोर्याइरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले सचिवालय बैठक माग गरे पनि ओलीले दसैंपछि मात्र निर्णय गर्ने संकेत दिएका छन् । सचिवालयभित्र अहिले ओलीको पक्षमा खुलेर बोल्ने सदस्य थोरै मात्र रहेको बुझिएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले नेतृत्व परिवर्तनको धारणा सार्वजनिक रूपमा राखिसकेका छन् ।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पनि ओलीको नेतृत्वमा चुनावमा जान नहुने धारणा व्यक्त गरिरहेका छन्, यद्यपि प्रत्यक्ष राजीनामा माग गरेका छैनन् ।
महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय विष्णु रिमाल, प्रदीप ज्ञवाली भने ओलीको पक्षमा छन् । सचिव पद्मा अर्यालले “पहिले घटनाको गहिरो समीक्षापछि मात्रै नेतृत्वबारे निर्णय हुनुपर्छ” भन्ने धारणा राखेकी छन् ।
पार्टीभित्र दबाब बढे पनि ओली भने महाधिवेशन र आगामी चुनाव आफैंको नेतृत्वमा फेस गर्ने अडानमा छन् । भेटघाट गरेर फर्किएका एक पदाधिकारीका अनुसार ओलीले “माथि षड्यन्त्र भएको छ, महाधिवेशनमार्फत् यसको जबाफ दिन्छु, अहिले राजीनामाको प्रश्न आउँदैन” भन्ने मनसाय प्रष्ट पारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: