Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

स्वदेशी उत्पादनले बजार नपाएको भन्दै केरा किसान आन्दोलित

माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

भारतबाट ठुलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । यो कदम उनीहरूले आफ्नो उत्पादनले उचित बजार नपाएको विरोधमा चालेका हुन् ।

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाउँदा ठुलो नोक्सानी व्यहोर्नुपरेको भन्दै यदि माग सुनुवाइ नभए केरा सडकमै फ्याँक्ने लगायतका कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी समेत दिइएको छ । केरा उत्पादक संघकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष यादवका अनुसार हामीले पटक–पटक सरकारलाई आग्रह गर्दा पनि समस्या समाधानको पहल नहुनु दु:खद हो । यदि तत्काल भारतबाट हुने केरा आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको बजार व्यवस्थापन नगरिए सम्पूर्ण केरा उत्पादक, व्यापारी र उपभोक्तालाई समेटेर निर्णायक आन्दोलन गर्ने घोषणा गरिएको छ ।

संघले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिए पनि त्यसको कार्यान्वयन नहुँदा किसानहरू मारमा परेको बताएको छ । संघका अनुसार पटक–पटक सम्बन्धित सरकारी निकायमा आग्रह गर्दा पनि समस्या समाधानका लागि कुनै सुनुवाइ भएको छैन । विगत ६ महिनाभन्दा बढी समयदेखि समस्या समाधानका लागि पहल गर्दै आए पनि बेवास्ता गरिएको किसानहरूको गुनासो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ, जसमा कुल ३७४० घरधुरी संलग्न छन् ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्पदंशले बालकको मृत्यु, खर्च नहुँदा शव बुझ्न समस्या

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...

सुकुना विद्यालयको अपिल– छानबिन प्रभावित हुने गतिविधि नगर्न आग्रह

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।  नेपाल सुनचाँदी...

पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक  सङ्घका पदाधिकारी तथा व्यवसाय...

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending