विराटनगर । कोशी प्रदेश सरकार बेरुजुको बढ्दो बोझले थिचिँदै गएको छ । प्रदेशका अधिकांश मन्त्रालयहरू बेरुजु फछर्यौटमा असफल देखिँदा आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठेको छ । तर भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयले भने बेरुजु कम गर्न उल्लेखनीय प्रगति देखाउँदै सकारात्मक उदाहरण प्रस्तुत गरेका छन् ।
महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै कोशी प्रदेशमा थप ८६ करोड ८१ लाख ८९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो तथ्यांकले प्रदेशको वित्तीय अनुशासन कमजोर बन्दै गएको संकेत गर्छ ।
प्रदेशका सात मन्त्रालय र अन्य निकायको बेरुजु दर औसतमा १ प्रतिशतभन्दा कम भए पनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा यो दर सबैभन्दा बढी ३.९२ प्रतिशत पुगेको छ । यसले कतिपय मन्त्रालयमा आर्थिक अनुशासन कमजोर रहेको स्पष्ट पार्छ ।
२०७९/८० सम्म बाँकी रहेको ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रुपैयाँमध्ये हालसम्म जम्मा १ अर्ब ४ करोड ८० लाख १३ हजार रुपैयाँ मात्र फछर्यौट भएको छ । अझै अर्बौँ रुपैयाँ बेरुजु बाँकी छ ।
कोशी प्रदेशमा ‘पेश्की बेरुजु’ सबैभन्दा ठूलो समस्या बनेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरका अनुसार ठेक्का लागेपछि रकम भुक्तानी हुने तर समयमै कागजी प्रक्रिया पूरा नभएर धेरै रकम पेश्की बेरुजुमा देखिएको हो ।
“समयमै फरफारक र भुक्तानी भए यो समस्या घट्छ,” मन्त्री मगरले भने । उनका अनुसार प्रदेशको प्रणाली केन्द्रसँग जोडिएकाले केन्द्रको ढिलाइले पनि फछर्यौटमा असर परेको छ । हाल म्याद नाघेको पेश्की बेरुजु मात्रै ३ अर्ब ६५ करोड ४ लाख १९ हजार रुपैयाँ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: