संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गरेका छन् । उनले भने, “द्वन्द्वले ग्रस्त संसार शान्तिको लागि तात्कालिक आवाज उठाइरहेको छ ।”
गुटेरेसले विश्वका विभिन्न भागमा बढ्दो द्वन्द्वका कारण धेरै मानिसको जीवन ध्वस्त भएको, बाल्यकाल हराएको र आधारभूत मानव अधिकारको अवमूल्यन भइरहेको उल्लेख गरे । “हामी द्वन्द्वको विस्फोट देखिरहेका छौं, अन्तर्राष्ट्रिय कानून उल्लङ्घन भइरहेको छ र अभूतपूर्व सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य छन् ।”
महासचिवले शान्ति सबैको साझा जिम्मेवारी भएको भन्दै, दिगो विकासले शान्ति स्थापना गर्न सहयोग गर्ने तर अहिले विकासमा पछाडि रहेका अधिकांश देशहरूमा द्वन्द्व जारी रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई जातीय विभेद, मानवीय अपमान र गलत सूचना जस्ता द्वन्द्व बढाउने कारणलाई अन्त्य गर्न आह्वान गरे र सबैलाई ‘सम्मान र सहिष्णुताको भाषा बोल्न’ आग्रह गरे ।
“जहाँ शान्ति हुन्छ, त्यहाँ आशा पनि हुन्छ,” गुटेरेसले भने । “शान्तिका कारण परिवार पुनः एकताबद्ध हुन्छन्, समुदाय पुनर्निर्माण हुन्छन्, र बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा र खेलकुद गर्न पाउँछन ।” अन्तर्राष्ट्रिय शान्ति दिवस सन् १९८१ मा संयुक्त राष्ट्र महासभाद्वारा स्थापना गरिएको हो । सन् २००१ मा यस दिनलाई विश्वव्यापी अहिंसा र युद्धविरामको समयका रूपमा घोषणा गरिएको छ । रासस/सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: