पाकिस्तान । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । विपक्षी सांसदहरूले सेनाले आतङ्कवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका छन् तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक वब्तब्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाई सार्वजनिक गरेका छैनन् ।
पाकिस्तानी तालिबान (टिटिपी) लडाकूले हालैका महिनाहरूमा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा सुरक्षा फौजविरुद्ध हिंसा अभियान बढाएका छन् । राष्ट्रिय सभाका विपक्षी सदस्य इकबाल अफ्रिदीले घटनाको पुष्टि गर्दै एएफपीसँग भने “सुरक्षा बलको विमानले गोलाबारी गरेको र यसबाट २३ जनाको मृत्यु भएको छ ।” सोमबार दिउँसो खैबर पख्तुन्ख्वाको विधानसभामा बोल्दै प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले पनि आक्रमणका लागि सेनाको आलोचना गरेका छन् ।
उनले भने, “सुरक्षाकर्मीको यो आक्रमण निहत्था नागरिकमाथिको आक्रमण भन्दा कम छैन ।” आक्रमणबारे प्रतिक्रया जनाउने दुवै सांसद जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सदस्य हुन् । खैबर पख्तुनख्वा प्रान्त खानको पार्टीको प्रभाव क्षेत्र हो । तिराह शहरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग बताएअनुसार मारिने २३ जनामध्ये सात महिला र चार बालबालिका पनि थिए ।
नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “जेटहरुले चारवटा घरलाई निशाना बनाएका छन्, जुन पूर्ण रुपमा ध्वस्त भएका थिए । “तिराह पाकिस्तान र अफगानिस्तान सीमाको नजिक छ र त्यहाँ धेरै टिटिपी लडाकूले गोप्यरूपमा शरण लिएको विश्वास गरिन्छ । हालैका महिनामा यस क्षेत्रमा सुरक्षा फौजमाथि धेरै आक्रमण भएका छन् ।
पेशावरका एक सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै उक्त क्षेत्रमा ‘टिटिपी लुकेका दर्जनौँ स्थान’ रहेको बताएका छन् । उनले आक्रमण कसले गरेको हो भन्ने कुरा पनि बताउन अस्वीकार गरे । सोमबार दिउँसो करिब दुई हजार मानिस नजिकैको शहरमा घातक आक्रमणको विरोधमा भेला भएका थिए । सन् २०१४ मा सुरु भएको आतङ्कवाद विरोधी अभियानअघि टिटिपीले अफगानिस्तानसँग सीमा जोडिएको भूभाग कब्जा गरेको थियो ।
शनिबार छिमेकी जिल्लामा भएको आक्रमणमा १२ जना सैनिकको मृत्यु भएको थियो । सेनाले सोमबार अबेर प्रकाशित एक विज्ञप्तिमा भनेको छ, सैनिक कारबाहीमा सप्ताहन्तमा ३१ ‘ख्वारिज’ को मृत्यु भएको छ । ‘ख्वारिज’ सेनाले टिटिपी लडाकुलाई वर्णन गर्न प्रयोग गर्नेे शब्द हो । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: