नवलपरासी । जेनजी आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा १४ जना विरुद्ध मुद्दा दायर भएको छ ।
सुनवल, बर्दघाट र प्रतापपुरमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत परासीमा मुद्दा आपराधिक उपद्रोमा मुद्दा दायर गरेको हो । हाल सम्म २४ जनालाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकी दश जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) विरदत्त पन्तले जानकारी दिए । जनप्रतिनिधिको व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेको अभियोगमा प्रमाण पुगेकाहरूलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
मुद्दा चलाइएकामा सुनवलका नगर प्रमुख विमला अर्यालको घरमा तोडफोड गर्ने तीन जना सहित बर्दघाट र प्रतापपुरमा जनप्रतिनिधि तथा नेताको व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्ने ११ जना रहेका छन् ।
जसमा बर्दघाटको चिसापानी अस्पतालमा काम गर्ने एक जना चिकित्सक समेत रहेका छन् । पक्राउ परेकाहरू अधिकांश जेनजी उमेर समुहभन्दा माथिका रहेको बताईएको छ ।
जेनजीको नाममा व्यक्तिगत सम्पत्तिमा प्रतिशोधका आधारमा लुटपाट र आगजनी गरेर आतङ्क मच्चाएको भन्दै जिल्लाका राजनैतिक दल र जनप्रतिनिधिहरूले दोषीलाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
प्रहरीले अहिले व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गर्नेमाथि अनुसन्धान गरिरहेको जनाएको छ । जिल्लामा उक्त दिन पाँच दर्जन बढी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: